बीवाइडी डल्फीनले पायो ‘वेष्ट वाई कार अफ यूरोप’ अवार्ड

Advertisement

काठमाडौं । बीवाइडीको पछिल्लो सफल मोडल डल्फीनले यूरोपकै प्रतिष्ठित अवार्ड ‘वेष्ट वाई कार अफ यूरोप-२०२४’ अवार्ड जित्न सफल भएको छ । यो अवार्ड यूरोपभर बिक्री हुने कारहरु मध्ये उत्कृष्टलाई ‘अटोवेष्ट’ले प्रदान गर्दै आएको छ । 

उक्त प्रतिस्पर्धामा डल्फीनले अवार्ड हात पर्दा ठूला कार निर्माताका बलिया प्रोडक्टलाई उछिन सफल भएको हो । उक्त प्रतिस्पर्धामा दोस्रो स्थानमा हुन्डाई कोना र तेस्रो स्थानमा जीपको एभेन्जर परेका थिए ।

Advertisement

अष्ट्रियाको टिसडार्फ सहरमा रहेको सर्किटमा सबै प्रतिस्पर्धीलाई उतारिको थियो । त्यसको लागि यूरोपभरका ३१ देशबाट आएका अटोवेष्ट पत्रकारहरुले मतदान गरेर डल्फीनलाई अवार्ड दिएका हुन् । 

उनीहरुले डल्फीनलाई फिचर लोडेड क्याविन, आकर्षक डिजाइन, सुरक्षामा अब्बल र गुणस्तरिय प्रविधिको प्रयोग भएको पर्फेक्ट कारको संख्या दिएका थिए । त्यसमा सुरक्षित र सफल ब्लेड ब्याट्रीको प्रयोगले सुरक्षामा नयाँ मानक स्थापित गरेको मानिएको छ । त्यसैले डल्फीनले २०.०५७ अंकसहित पहिलो स्थान सुरक्षित गर्न सफल भयो । 

अटोवेष्टका जुरीले पहिलो पटक कुनै पनि बीवाइडीको मोडललाई ‘वेष्ट वाई कार अफ यूरोप २०२४ को अवार्ड दिएको हो । अवार्ड दिएपछि अटोवेष्टका अध्यक्ष भान भार्डीले भने, ‘बीवाइडी डल्फीनले बजारमा आएदेखि नै उत्कृष्ट पर्फमेन्स दिएको छ । हामीले दशककै सन्तुलित अटोवेष्ट प्रतिस्पर्धा गराएका छौं । यसमा डल्फीनले एक विद्युतीय साधनको रुपमा योग्य भएर शीर्ष उपाधि जित्न सफल भएको छ ।’

जुरीहरुले डल्फीनको प्रशंसा गर्ने क्रममा यसको साइज, आरामदायीता र ड्राइभिङ प्लेजरलाई मुख्य आधार बनाएका थिए । सानो साइजमा धेरै स्पेश पाउन सकिने भएको कारण यसले संसारभर जो कोहीलाई लोभ्याई रहेको छ । अर्को यसको मूल्य पनि विश्वभर नै सबैलाई आश्चर्य चकित बनाउने खालको छ । 

नेपालमा पनि ३९ लाख ८० हजारमा डल्फीन खरिद गर्न पाइन्छ । 


 

Advertisement

Advertisement