प्राधिकरणले सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिल उद्योगको पनि विद्युत लाइन काटिदियो

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सर्वोत्तम सिमेन्ट उद्योग र लक्ष्मी स्टिल उद्योगको पनि लाइन काटिदिएको छ । आइतबार साँझ करिव ७ बजे यी दई उद्योगको लाइन काटिएको हो । 

डेडिकेटेड तथा ट्रंकलाइनको प्रिमियम महशुल नतिरेको भन्दै प्राधिकरणले थप यी दुई उद्योगको लाइन काटेको हो । यसअघि प्राधिकरणले रिलाइन्स स्पिनिङ मिल्स, जगदम्बा स्टिल्स, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्टको लाइन काटेको थियो । 

Advertisement

लामो समयदेखि विवादमा रहेको यो महशुल विवादबारे उद्योगी र प्राधिकरणको आ–आफ्नै तर्क रहेको छ । प्राधिकरणले ६० भन्दा धेरै उद्योगहरुलाई डेडिकेटेड तथा ट्रंकलाइनमार्फत विद्युत उपयोग गरेकी आधारमा बिना कानुनी आधार र प्रमाण अतिरिक्त महशुल अशुल गर्ने प्रयास गर्दै आएको छ । उद्योगीहरुले भने आधार नदेखाएसमम यो महशुल आफूहरुले नतिर्ने बरु उद्योगको चावी नै सरकारलाई बुझाउने चेतावनी दिँदै आएका छन् ।

Advertisement