नाडाको अध्यक्षमा करण चौधरीलाई डल्लाकोटीको पनि समर्थन

Advertisement

काठमाडौँ । नाडाको अध्यक्षका आकांक्षी करण चौधरी, आकाश गोल्छा र प्रकाश कपुरीबीच सहमति जुटेपछि पूर्व उपाध्यक्ष नवराज डल्लाकोटीलेपनि चौधरीलाई नै समर्थन गरेका छन् । 

सहमति अनुसार अध्यक्षमा करण र वरिष्ठ उपाध्यक्षमा आकाश हुने तय भएको थियो ।  पछिल्लो समयमा सो सहमति बिरुद्ध नाडाका पूर्वउपाध्यक्ष डल्लाकोटीले अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका थिए । 

Advertisement

फेरि चुनावी प्रक्रियामा जानुपर्ने अवस्था सिर्जना भएकोमा डल्लाकोटीले पनि चौधरीलाई नै समर्थन गरेका हुन् । 

नाडाका नेतृत्व अहिलेको समयमा चुनावी प्रक्रिया भन्दा सहमतिमै चयन हुनुपर्छ भन्ने धारण अनुरुप डल्लाकोटीले पनि चौधरीलाई नै अध्यक्षको रुपमा समर्थन गरेका हुन् । सो समर्थन पछि  करण चौधरी नै नाडाको अध्यक्ष हुने फेरि  पक्का भएको छ भनेसहमति पछि चुनाब नहुने पक्का भएको छ ।  
 

Advertisement

Advertisement