गए राति कसमससहित थप १४ उद्योगको लाइन काटियो, कुल २३ उद्योग विद्युत आपूर्तिबिहीन

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनको महशुल विवादमा थप १४ उद्योगको विद्युत लाइन काटेको छ । 

लोडसेडिङ कालमा डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत डेडडिकेटेड लाइन जडान गरेवापत विद्युत प्राधिकरणले प्रिमियम महशुल अशुल गर्न खोजेको हो । तर उद्योगीहरुले भने आफूहरुले नियमित महशुल तिरे पनि गैरकानुनीरुपमा टीओडी मिटरको डाटासमेत नदिई प्राधिकरणले थप महशुल अशुल गर्न खोजेकोले फर्जी बिलको महशुल नतिर्ने अडान राख्दै आएका छन् । 

Advertisement

उद्योगीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेकै दिन राति थप १३ उद्योगको लाइन काटिएको हो । प्राधिकरणले कसमस सिमेन्ट, बाबा जुट मिल, निगाले सिमेन्ट, त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज, हिमाल आइरन एण्ड स्टिल, जगदम्बा इन्टरप्राइजेज, हामा आइरन, एभरेष्ट पेपर मिल, शुभश्री अग्नी सिमेन्ट, जगदम्बा सिन्थेटिक, घराना फुड्स, सिद्धार्थ पेटप्लास्ट, बुटवल सिमेन्ट, नारायणी स्पातको लाइन काटेको हो । 

कसमस सिमेन्टका सञ्चालक ध्रुवराज थापाले राति ९ः३० बजे आफ्नो उद्योगमा लाइन काटिएको जानकारी दिए । बिहीबार विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महशुल तिर्नुपर्ने तर्कसँगत आधार नदिए पनि महशुल भने तिर्नुपर्ने अडान लिएपछि शुक्रबार उद्योगीहरुले प्रधानमन्त्रीलाई भेटेका थिए । प्रधानमन्त्रीले ट्रंक र डेडिकेटेडलाइनको सुविधा लिएकाले बक्यौता तिर्नुपर्ने बताएपछि घिसिङ हौसियर थप उद्योगको लाइन काटेका हुन् । दाहालले आवश्यक परे यससम्वन्धमा उच्चस्तरीय उच्चस्तरीय न्यायिक समिति बनाउन समेत तयार रहेको बताएका थिए ।

यसअघि प्राधिकरणले नौ वटा उद्योगको लाइन काटिसकेको थियो । थप १३ सहित २२ वटा उद्योग विद्युत आपूर्तिविहीन भएका छन् । एक साताअघि पहिलो दिन प्राधिकरणले जगदम्बा स्टिल, घोराही सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्टको लाइन काटेको थियो । त्यसपछि आइतबार सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, अशोक स्टिल, सोनापुर मिनरल्स एण्ड आयल र त्रिवेणी स्पिनिङ मिल्सको लाइन काटेको थियो । 

Advertisement