गल्फ लुब्रिकेन्ट ‘भेस्पा र अप्रिलिया स्कुटर’को सर्भिस क्याम्पमा सहभागी, ५ भाग्यमानीलाई उपहार

Advertisement

काठमाडौं । नेपाल ल्युब आयल लिमिटेड भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा ओईएम पार्टनरको रुपमा सहभागी भएको छ । जाडो मौसमले दुई पाङ्ग्रे साधनमा नकारात्मक असर पार्न सक्ने हुनाले, सो असरबाट सुरक्षित रहन भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्प सम्पन्न भएको कम्पनीले जनाएको छ ।  

पुस ५ देखि १४ गतेसम्म संचालित सो क्याम्प काठमाडौँ उपत्यका भरीका ५  वटा स्थानमा रहेको  भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस स्टेशनमा  सम्पन्न भएको थियो ।   भेस्पा र अप्रिलिया स्कुटरका ग्राहकहरुलाई लक्षित क्याम्पमा निःशुल्क सर्भिसिङ र  गल्फ इन्जिन आयल चेन्ज  प्रदान  गरेको थियो । 

Advertisement

सो क्याम्पमा सहभागी २६००  भन्दा धेरै ग्राहक मध्ये ५  भाग्यमानी ग्राहकलाई लक्की ड्र मार्फत आकर्षक उपहार प्रदान गरिएको थियो । लक्की ड्र बाट रत्नकेशरी रंजितकार  (भक्तपुर), रन्जु नेपाल  (बनेपा),  नविना श्रीश (एकान्तकुना), रोमीका न्यौपाने (गहनापोखरी) र  मोनिका श्रेष्ठ (झम्सिखेल) बिजेता भए । 

क्याम्प नेपाल ल्युब आयल र भेस्पा÷अप्रिलिया स्कुटरका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिको  संयुक्त आयोजनामा भएको हो  ।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो । यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँछ । नेपालमा गल्फ ब्राण्ड बिगत ३९ बर्षदेखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको छ ।  

Advertisement

Advertisement