बिक्री लक्ष्य  हासिल गर्ने एक्साइड डिलरका प्रतिनिधिहरुलाई गराइयो युरोप भ्रमण

Advertisement

काठमाडौं । ब्याट्रीको लागि प्रख्यात ब्राण्ड एक्साइडले अटोमोटिभ एवं इन्डष्ट्रियल ब्याट्री सम्बन्धि योजना अन्तर्गत निर्धारित विक्री लक्ष्य  हासिल गर्न सफल डिलरहरुको टोलीलाई ७ रात ८ दिनको लागि युरोपको भ्रमण गराएको छ । सिप्रदी स्टाफ मोटिभेसनमा पनि निर्धारित लक्ष्य हासिल गर्न सफल ५ जना स्टाफलाई पनी  उक्त भ्रमणमा समावेश गरिएको थियो । 

युरोप भ्रमण अन्तरगत फ्रान्स, बेल्जियम, नेदरल्याण्ड, जर्मनी, र स्विजरल्याण्ड लगायतका मुलुकहरु घुमाइएको हो । भ्रमणको क्रममा एक्साइड ब्याट्रीजका वरिष्ठ महाप्रबन्धक सुरेशकुमार तिवारीले उक्त टोलीको नेतृत्व गरेका थिए ।  

Advertisement

टोलीले एफिल टावर (फ्रान्स), मन्नेकेन पीस पिस (बेल्जियम), वुडन एण्ड चिज फ्याक्ट्री (नेदरल्याण्ड), माउण्ट टिटलस (स्विजरल्याण्ड) अवलोकन गरेका थिए । यस अतिरिक्त डिलरका प्रतिनिधिहरुले रिभर क्रुज, क्यानल क्रुज र सिटी टुर जस्ता अन्य मनोरञ्जनात्मक क्रियाकलापहरु गरेका थिए । युरोप भ्रमण पश्चात वरिष्ठ महाप्रबन्धक तिवारीले उनीहरुलाई मायाको चिनोे प्रदान गरेका थिए । 

सिप्रदी ट्रेडिङ्गले विगत लामो समयदेखि एक्साइड ब्याट्रीको नेपालमा आधिकारिक विक्री वितरण गर्दै आएको छ । 

युरोपको भ्रमणको लागि छानिएका डिलरहरुको नामावलीः
१) बिन्दबसिनी ट्रेडर्स
२) रक्षा सप्लायर्स
३) आरबी इलेक्ट्रिकल्स
४) तिरुपति बालाजी टायर वल्ड प्रा.लि
५) बानेश्वर इलेक्ट्रिकल्स एण्ड सप्लायर्स
६) इजी पावर सोलुसन ट्रेडर्स
७) जे.एस. ट्रेड लिङ्क प्रा.लि
८) ब्याट्री वल्र्ड
९) उग्रतारा ट्रेडिङ्ग

Advertisement

Advertisement