एकपछि अर्को उजुरी परेपछि प्राधिकरणले सूर्यज्योतिका सीईओलाई सोध्यो स्पष्टीकरण

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सुर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाशविक्रम खत्रीलाई बोलाएर स्पष्टीकरण सोधेको छ । 

खत्रीविरुद्ध जालझाजी गरेर बीमा गराएको भन्दै प्राधिकरणमा एकपछि अर्को उजुरी परेपछि बोलाएर स्पष्टीकरण सोधिएको हो । प्राधिकरण कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले खत्रीलाई बोलाएर स्पष्टीकरण सोधिएको स्वीकार गरे । छोटो प्रतिक्रिया दिँदै उनले भने, ‘लिखित होइन्, अहिले मौखिक स्पष्टीकरण सोधिएको हो ।’  

Advertisement

प्राधिकरणका अर्का एक उच्च अधिकारीले पनि सीईओ खत्रीलाई बोलाएर परेका उजुरीहरुबारे सोधपुछ भएको र उनीबाट स्पष्टीकरणको जवाफ आउन बाँकी रहेको बताए । धेरै विवादमा आउने काम नगर्न सूर्यज्योतिका सञ्चालकहरुले खत्रीलाई सुझाव दिएका छन् । 

राजधानीको न्यूरोडमा तत्कालिन सुर्यज्योतीका एक बीमितको करिब १० लाख रुपियाँ कम्पनीले हिनामिना गरेको उजुरी बीमा प्राधिकरणमा परेको छ । पछिल्लो सोही उजुरीको सत्यतथ्य बुझ्न प्राधिकरणले उनलाई बोलाएको थियो । उजुरीहरुबारे बुझ्न फोन गर्न खत्रीको फोन उठ्ने गरेको छैन् । 

खत्रीविरुद्ध उजुरीहरु परे पनि यसको छानविन गरी टुंगो लाग्न बाँकी रहेको प्राधिकरणले जानकारी दिएको छ । 

सूर्यज्योति लाइफविरुद्ध फेरि अर्को उजुरी, रु. १० लाख ठगी गरेको आरोप (प्रमाणसहित)

Advertisement

Advertisement