अकुत सम्पत्ति आर्जनको अनुसन्धानमा सहयोग नगरेको भन्दै टेलिकम र मुद्रणका पूर्वप्रमुख पक्राउ

Advertisement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ गरेको छ । 

गैरकानूनीरुपमा अकुत सम्पत्तिआर्जन गरेको आरोपमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको अख्तियारको भनाई छ । बयानका लागि पटक पटक बोलाउँदा पनि उपस्थित नभएपछि उनीहरुलाई पक्राउ गर्नुपरेको जनाइएको छ  । 

Advertisement

अख्तियारले दुवै जनामाथि यसअघि भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अहिले पौडेलद्धयले अकुत सम्पत्ति आर्जन गरेको उजुरीको आधारमा अख्तियार अनुसन्धान भइसकेको थियो । उनीहरुलाई विशेष अदालतमा पेश गर्ने तयारी भइरहेको अख्तियारको भनाई छ । 

Advertisement

Advertisement