टेरामक्स खरीद प्रकरणमा मेरो नाम जोडेर अफवाह फैलाइयोः पूर्वमन्त्री कार्की

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टेरामक्स खरीद प्रकरणमा आफ्नो नाम जोडिएको सन्दर्भमा कुनै प्रतिक्रिया नभएको बताएका छन् 
 । 

सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले टेरामक्स खरीद प्रकरणको सन्दर्भमा आफ्नो नाम जोडेर अफवाह फैल्याइएको जिकिर गरे । कार्कीले यस सन्दर्भमा आफ्नो कुनै प्रतिक्रिया नभएको बताए । 

Advertisement

उनले स्वस्थ पत्रकारिता गर्न समेत मिडिया क्षेत्रलाई आग्रह गरे । कार्कीले भने, ‘म अफवाहको भरमा, मेरो यसमा कुनै प्रतिक्रिया छैन् । र तपाइँहरुलाई पनि स्वस्थ पत्रकारिता गर्नको निमित्त म आग्रह गर्छु । केही कुरा भए म पछि तपाइँहरुसँग कुरा गर्नेछु । तपाइँ अनुसन्धान गर्नुस् । जानुस् ।’

‘तपाईप्रति किन अफवाह फैलाइयो त ?’ भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा पूर्वमन्त्री कार्कीले त्यसमा पत्रकारहरुलाई अनुसन्धान गर्न जान सुझाव दिए । 

Advertisement

Advertisement