सिटिजन लाइफले गर्यो ‘स्थानीय सरकारसँग बीमा सचेतना तथा छलफल कार्यक्रम’

Advertisement

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा सचेतना तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको कर्णाली प्रदेश कार्यालय वीरेन्द्रनगर शाखाले जाजरकोटको छेडागाड नगरपालीका, कार्कीगाउँमा स्थानीय सरकारसँगको सहकार्यका सो कार्यक्रम गरेको हो ।  

कार्यक्रममा प्रमुख अतिथि उपनगर प्रमुखले बीमा अर्थ प्रणालीको अभिन्न अंगमात्र नभई अपरिहार्य रहेको कुरा जाजरकोटमा गएको भूकम्बाट सिक्नुपर्ने बताए । त्यस्तै, कम्पनीका कर्णाली प्रदेश प्रमुख मुरली भण्डारीले स्थानीय सर्वसाधारण, पालीकाका उच्च पदस्थ अधीकारीहरू र बुद्धिजीवीहरूबीच जीवन र निर्जीवन बीमा दुवैको महत्वबारे धारणा व्यक्त गरे ।

Advertisement

‘जुनसुकै स्थानीय सरकारको पहिलो प्राथमिकता स्थानीयको आर्थिक उन्नति हुन्छ,’ उनले भने, ‘जँहा आर्थिक कारोबार हुन्छ, त्यहाँ जोखिम हुन्छ । त्यसकारण जोखिम वहनमा बीमाको विकल्प छैन । यो कुरा स्थानीय सरकारले बुझेर आम सर्वसाधरणलाई समेत बुझाउनुपर्छ ।’

Advertisement

Advertisement