अप्ठ्यारो परेको बेला तत्कालै शेयर बिक्री गर्न नपाउँदा समस्या परेको बीमा व्यबसायी संघको गुनासो

Advertisement

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यबसायी संघले आज नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नबराज अधिकारीसंग भेट गरी संघको तर्फबाट सुझावहरु प्रस्तुत गरेको छ । 

संघका पदाधिकारीहरुबाट हाल सञ्चालकहरुको शेयर पदमा रहंदा र पदबाट हटेको एक बर्षसम्म पनि बिक्री गर्न नपाइने व्यबस्थाले गर्दा कयौं बर्षदेखि लगानीकर्ता सञ्चालकहरुले आफुलाई व्यक्तिगत रुपमा अप्ठ्यारो परेको बखतमा शेयर बिक्री नपाउंदा समस्या परेको बारेमा छलफल गरियो । 

Advertisement

सबै लगानीकर्ताहरु जस्तै सञ्चालकहरु समेत कम्पनीको लगानीकर्ता नै रहेको र लगानीकर्ताहरुको तर्फबाट निर्वाचित भई सञ्चालक समितिमा प्रतिनिधित्व गरेको भरमा आफुसंग रहेको शेयर सधैं रोक्का नै गरिराख्नु न्यायोचित नहुने हुंदा सो प्रावधानलाई पुनरावलोकन गर्न अनुरोध गरेको थियो । 

भारत लगायत अन्य मुलुकमा पनि अग्रिम रुपमा सञ्चालकले घोषणा गरेर शेयर बिक्री गर्ने व्यबस्था रहेको र नेपालमा पनि त्यस्तै व्यबस्था गरी वा नियमानकारी निकायको स्वीकृति लिई निश्चित सीमासम्म आफ्नो शेयर बिक्री गर्न सकिने व्यबस्था गर्न बोर्डको ध्यानाकर्षण गराइएको थियो । 

उक्त भेटघाटमा संघका तर्फबाट अध्यक्ष मल्ल, उपाध्यक्ष मनोहर दास मुल, कोषाध्यक्ष रमेशकुमार निरौला, सदस्य आजाद श्रेष्ठ एवं बालकृष्ण श्रेष्ठ समेतको उपस्थिति थियो ।

Advertisement

Advertisement