रंगीचंगी फूलहरुको प्रदर्शनी ‘फ्लोरा एक्स्पो’ आजबाट भृकुटीमण्डपमा सुरु

Advertisement

काठमाडौं । पुष्प व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा ‘फ्लोरा एक्स्पो’ सुरु भएको छ । 

कृषि विकास मन्त्रालयको सहयोगमा फ्लोरिकल्चर एशोसियशन नेपालले आयोजना गरेको यो मेला चार दिनसम्म चल्नेछ । फ्लोरा एक्स्पोको यो १९औं संस्करण हो । मेलाको कृषि विकास मन्त्री हरिबोल गजुरेलले उदघाटन गरेका हुन । 

Advertisement

मेला छ वटा अफिसियल, प्रतियोगितात्मक प्रर्दशनीका लागि तीन, ल्यान्ड स्केपिङका लागि चार र व्यवसायकि ५१ गरी कुल ६४ वटा स्टल राखिएको छ । साठी लाख रुपियाँको कारोबार हुने र ६५ हजारले अवलोकन गर्ने अनुमान गरिएको यो मेला उदघाटनमा उत्कृष्ट स्टल, ल्यान्ड स्केप, मौसमी फूल, आलङकारिक विरुवा, फूल्ने विरुवा, पुष्प सजावट, कट फलावर रोज, कट फलावर कार्नेसन, कलफलावर जर्वेरा, ग्लाडिओलयलाई सम्मान गरिएको थियो । 

भारतीय राजदूतले भनेपछि मेरो ध्यान गयोः गजुरेल
कार्यक्रममा कृषि विकास मन्त्री गजुरेलले केही दिनअघि भारतीय राजदूत रणजीत रायले नेपालमा पुष्प व्यवसायको राम्रो संभावना छ भनेपछि आफ्नो ध्यान यसतर्फ गएको बताए । 

केही दिनअघि राजधानी चलचित्र हेरेर बाहिर बाहिरिने क्रममा एक टेलिभिजनलाई अन्तरवार्ता दिँदादिँदै डाँको छोडेर रोएका मन्त्री गजुरेलले राजदूतले भनेपछि मात्रै आफ्नो ध्यान पुष्प व्यवसायमा गएको बताएका हुन । 

उनले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि कृषि क्षेत्रको विकास जरुरी रहेको भन्दै राष्ट्रिय अर्थतन्त्रको विकासका लागि पनि कृषि अर्थतन्त्रको विकास पहिला जरुरी रहेको बताए । मन्त्री गजुरेलले जबसम्म भीख माग्ने र हात पसार्ने मानसिकता अन्त्य हुँदैन तबसम्म मुलुकको विकास हुँदैन भन्दै कृषिकको पेन्सनका लागि गम्भीरतापूर्वक लागिरहेको बताए । 

कृषि विकास सचिव उत्तम भट्टराईले पुष्प व्यवसायीलाई पनि सरल कर्जा र विकासको व्यवस्था सरल गर्न मन्त्रालय तयार रहेको बताए । उनले गुणस्तर नहुने त्यो व्यवसायको स्थायित्व नहुने भन्दै पुष्प व्यवसायको गुणस्तर, साइज र निर्यातका लागि पनि सरकार सहयोग गर्न तयार रहेको बताए । 

नेपाल उद्योग बाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणाले नेपालमा पुष्प व्यवसायको विकासका लागि एशोसियशन सक्रियरुपमा लागिरहेको भन्दै यस्ता मेलाहरु आयोजना हुनु भएको निजी क्षेत्र नेपालको आर्थिक तथा व्यवसायिक विकासका लागि साच्चिकैरुमपा लागिका छन भन्ने उदाहरण हो भनिन् । 

उनले ४१ हजारलाई रोजगारी दिने पुष्प व्यवसायलाई बैंकबाट ऋण लिन तथा बिमा गर्न सहजीकरण नगरिएकोमा सरकारको आलोचना गरिन । राणाले आर्थिक विकासको कुरा अब सिद्धान्तमा नभई व्यवहारमा लागू गरेर देखाउने बेला आएको बताइन । 

एशोसिएसनका कार्यबाहक अध्यक्ष दिलिप बादेले पुष्प व्यवसायको प्रवद्र्धन र बजार विस्तार गर्ने उदेश्यका साथ मेला आयोजना गरिएको बताए । उनले स्थानीय उत्पादनले पुष्प व्यवसाय आत्मनिर्भर बन्दै गएकाले जनशक्ति र पुर्वाधारको कमीले गर्दा अन्तर्राष्ट्रिय बजार विस्तार गर्न नसकिएको बताए । 

‘स्वच्छ वातावरण र आर्थिक सम्वृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका सुरु भएको मेलामा मौसमी फूल, आलङकारिक बोटविरुवा, कटफलावर, ड्राई फलावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गाना, बीउविजन, कृषिऔजार, उपकरण, प्याकेजिङका सामग्री, सुक्ष्म तथा थोपा सिचाई प्रविधि र विषाधिको प्रर्दशनी तथा विक्री कक्ष राखिएको छ । 

फ्यानका अनुसार हाल ३८ जिल्लाको छसय ७५ नर्सरीबाट पुष्प उत्पादन भइरहेको छ । करिब एक सय ४१ हेक्टर क्षेत्रफलमा पुष्प खेति विस्तार भएको छ । 

Advertisement

Advertisement