लघु, घरेलु महासंघको अध्यक्षमा श्याम गिरिको उम्मेदवारी घोषणा, यस्ता छन योजना

Advertisement

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष श्याम गिरीले उम्मेदवारी घोषणा गरेका छन् । 

नेपालका लघु, घरेलु तथा साना उद्योगसँग सम्बद्घ उद्यमीहरूको छाता संगठन यस महासंघको २३औं महाधिवेशन तथा २०औं महिला उद्यमी सम्मेलन यही जेठ २४ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ । उम्मेद्वारी घोषणाका लागि बुधबार आयोजित पत्रकार सम्मेलनमा गिरीले लामो अनुभव र क्रियाशीलताका कारण अध्यक्षमा आफ्नो उम्मेदवारी स्वाभाविक भएको बताए ।

Advertisement

उनले राष्ट्रिय अर्थतन्त्रको मेरूदण्डका रूपमा रहेको लघु, घरेलु तथा साना उद्योगको विकासमा राज्यले उचित ध्यान दिन नसकेको भन्दै त्यही कारण कुल गार्हस्थ उत्पादनमा यस क्षेत्रको योगदान ११ प्रतिशतमा पुगेर अहिले छ प्रतिशतभन्दा पनि तल झरेको बताए । 

गिरीले भने– सन् २०२२ सम्ममा देशलाई विकासोन्मुख राष्ट्रको तहमा पुर्याउने कुरा हामी एकातिर गरिरहेका छौं अर्कोतिर अर्थतन्त्रको मेरूदण्ड यस्ता उद्योग व्यवसायको बेवास्ता गरिरहेका छौं । हाम्रो यो यात्रा लघु, घरेलु तथा साना उद्योगको विकासविना सम्भव छैन ।’

नेपालको राष्ट्रिय अर्थतन्त्रको संरचना विप्रेषण र आयातित वस्तुमा लाग्ने भन्सार करमा आधारित रहेको भन्दै उनले अब तुलनात्मक लाभका क्षेत्रमा उत्पादनमूलक उद्योग स्थापना गर्न सकिएन भने विकासशील राष्ट्रको सूचीमा पुग्ने हाम्रो सपना पूरा हुन निकै वर्ष लाग्छ भने । 

मुलुकमा निर्यातजन्य, स्थानीय कच्चापदार्थमा आधारित उद्योग÷व्यवसायको संरक्षण र प्रवद्र्घनका लागि आवश्यक योजना र कार्यक्रम बन्न नसक्दा व्यापार घाटा चुलिएको गिरीको विश्लेषण छ । कुनै पनि देशको आर्थिक विकासको लागि लघु, घरेलु तथा साना उद्योगको महत्वपूर्ण भूमिका हुन्छ भन्दै उनले यो कुरालाई नेपालको नीति निर्माणदेखि प्रशासनमा बस्ने मानिसहरुले बुझन नसकेको बताए । 

नेपालको कुल गार्हस्थ उत्पादनमा साना उद्योगले मध्यम तथा ठूला उद्योगको भन्दा बढी योगदान दिएकोले यस्ता उद्योगको विकासका लागि ठोस कार्यक्रम, संरक्षण  र प्रोत्साहन जरुरी रहेको बताए । भूकम्प र नाकाबन्दीबाहेक मुलुकको अन्योलपूर्ण राजनीति, पूर्वाधार र प्रोत्साहनको अभाव र कानुनी जटिलता र प्रशासनिक झन्भटले यस्ता उद्योगहरु फस्टाउन नसकेको भन्दै यस्ता उद्योगलाई व्यवस्थापन, सीप, प्रविधि, पूँजी पनि अभाव रहेको बताए । 
छिमेकी भारत र चीनलगायतका मुलुकले लघु, घरेलु तथा साना उद्योगलाई प्रवद्र्घन गर्ने नीति अख्तियार गरेकै कारण उनीहरुको अर्थतन्त्रले गति लिएको भन्दै वरिष्ठ उपाध्यक्ष गिरिले यसका लागि महासंघको भूमिका र सक्रियता पनि उत्तिकै जरुरी रहेको बताए । 

उनले आफ्नो लघु, घरेलु तथा साना उद्योगीको हक, हित र विकासका लागि हो भन्दै आफूले भूकम्प र नाकाबन्दीबाट असर परेको उद्योग क्षेत्रको पुनःस्थापनाका लागि ठोस कदम चाल्न पहल गर्ने, यस्ता उद्योगको बजार प्रवद्र्घनका लागि स्वदेशी वस्तु खरिद निर्देशिका जारी गर्न दबाब दिने, स्वदेशी वस्तु खरिद बिक्री तथा बजार स्थापना गर्न भूमिका खेल्ने बताए । 

गिरिले अन्तर्राष्ट्रिय बजारमा लघु, घरेलु तथा साना उद्योगले गरेका उत्पादनको बजार विस्तार गर्न, औद्योगिक व्यवसाय ऐन जारी गराउन, उद्यमीहरूको वित्तीय पहुँच बढाउने क्रमा नेपाल राष्ट्र बैंक र सिङ्गो बैंकिङ क्षेत्रसँग सहकार्य बढाउन, नविन प्रविधिको पहँुच विस्तार गन आफूले पहल गर्ने बताए । 

 

 

Advertisement

Advertisement