चन्द माओवादीद्धारा एनसेल टावरहरुमा आगजनी, एनसेलद्धारा दुःख व्यक्त

Advertisement

काठमाडौं । एनसेलले राज्यलाई तिर्नुपर्ने कर नतिरेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले गोरखाको अश्राङस्थित ठामडाँडासहित विभिन्न १० जल्लामा रहेका एनसेलको टावरमा आगजनी तथा क्षति पुर्याएको छ । 

नेकपा माओवादीका कार्यकर्ताले जेनेरेटरमा पेट्रोलियम पदार्थ छर्केर शनिबार आगो लगाएका हुन् । माओवादी गोरखाका इञ्चार्ज कृष्ण वाग्लेले घटनाको जिम्मेवारी र्लिएका छन् । एनसेलले गोर्खासहित १० वटा सवस्टेशनमा अज्ञात समूहले आगजनी गरी देशको प्रमुख दूरसञ्चार सेवा प्रदायकको भौतिक संरचनामा क्षति पुर्याएको भन्दै दुःख प्रकट गरेको छ । 

Advertisement

वाग्ले एनसेलले राज्यलाई तिर्नुपर्ने कर तुरुन्तै तिरोस् भन्न पहिलो चरणको चेतावनी दिएको बताए पनि उनीहरुको भित्री उद्देश्य एनसेललाई धम्क्याएर आर्थिक लाभ लिने देखिन्छ । 

पार्टीको केन्द्रीय निर्देशनअनुसार नै टावरमा आगजनी गरिएको उनको भनाई छ । राज्यकै विरुद्ध अर्धभूमिगतरुपमा आन्दोलन गर्दै आएको चन्द माओवादीले एनसेललाई कर तिराउन भन्दै अवरोध सुरु गरेको हो । उसले थप टावरहरुमा आगजनी गर्ने चेतावनी दिएको छ । 

एनसेलले भने सल्यान, दाङ्ग, कास्की, झापा, म्याग्दी, धनकुटा, मोरङ्ग, बाग्लुङ्ग र गोर्खामा रहेका कम्पनीको १० वटा बेस स्टेसनमा शनिबार बिहान आगो लगाई दूरसंचार पुर्वाधारमा भौतिक क्षति पु¥याएको घटनाले आफू स्तब्ध र दुःखी भएको भन्दै विज्ञप्ति जारी गरेको छ ।

यी क्षति पुर्याइएका संरचनाले ती जिल्लाका ग्रामीण क्षेत्रमा जनसमुदायलाई आधारभूत तथा आकस्मिक संचार सेवा प्रदान गरिरहेका थिए भन्दै उसले यसबाट ग्रामीण क्षेत्रका करिब दुई लाख ५० हजार ग्राहकलाई प्रत्यक्ष रुपमा र अन्य ठाउँबाट त्यहाँ रहेका आफन्तसँग सम्पर्क गर्ने थुप्रै व्यक्तिलाई संचार विहीन बनाएको जनाएको छ । 

आगजनीबाट भएको क्षतिले नागरिकको संचारमा पहुँच तथा प्रयोगको नागरिकको आधारभूत अधिकार कुण्ठित हुनपुगेको एनसेलले भनेको छ । 

“जनसमुदायलाई संचार जस्तो अत्यावश्यक सेवा प्रदान गर्ने अति महत्वपूर्ण मोवाइल सेवा पूर्वाधारमा भौतिक आक्रमण गर्नु गैरकानूनी तथा गम्भीर अपराध हो भन्दै एनसेलका सुरक्षानिर्देशक महेन्द्र भट्टचनले एनसेल सम्बद्ध सबैलाई यस्तो कार्य नगर्न नगराउन अनुरोध गरेका छन । 

कम्पनीले अत्यावश्यक सेवा ऐनले समेत नागरिकको अत्यावश्यक सेवाको रुपमा लिएको संचार सेवाको निर्वाध संचालनका लागि सहयोग गर्न सम्बन्धित सबै निकायसँग आग्ह गरेको छ । “हामी क्षतिको विवरण प्राप्त गर्ने क्रममा रहेका छौं, त्यसैले के कति क्षति भयो भन्ने यकिन भइसकेको छैन,” भट्टचनले भनेमन छन् ।  

यस अप्रत्यासित घटनाबाट सेवा अवरुद्ध भई ग्राहकहरुमा पर्न गएको असुविधाप्रति  क्षमा माग्दै एनसेलले यथासक्य छिटो नेटवर्क पुनस्र्थपना गरी सेवा सुचारु गर्न कम्पनी प्रयत्नशील रहेको जनाएको छ । 

Advertisement

Advertisement