अब नेपाल बैंकमा नागरिक लगानी कोषको खाता दुईसयबाट घटेर बढीमा पाँचवटा हुने

Advertisement

काठमाडौं । नागरिक लगानी कोष र नेपाल बैंकबीच कोषको रकम बैंकको केन्द्रीय खातामा एबिबिएस (एनी ब्रान्च बैकिङ सिस्टम)मार्फत सिधै जम्मा गर्ने व्यवस्थाका लागि सम्झौता भएको छ । 

बैंकका सबै कार्यालयबाट एबिबिएसमार्फत रकम सङ्कलन तथा ट्रान्सफर गर्ने कार्यलाई थप सरल र सुविधायुक्त बनाउन दुई संस्थाबीच बुधबार सम्झौता भएको हो । सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले हस्ताक्षर गरेका छन । कोषका कार्यकारी निर्देशक पोखरेलका अनुसार २०७३ साउनदेखि कोषको रकम केन्द्रीय खातामा जम्मा हुनेछ । 

Advertisement

सम्झौताअनुरूपको कार्य सुरु भएपछि नेपालभर बैंकका शाखामा कोषको नाममा रहेका सबै खाता बन्द गरी पाँच वटा खातामात्र सञ्चालनमा रहनेछन् । यसभन्दा अगाडि कोषको खाता बैंकको २०० भन्दा बढी खातामा जम्मा हुँदै आएको थियो ।

Advertisement

Advertisement