किङस् कलेजले असार १६ र १७ मा अन्तर्राष्ट्रिय सामाजिक उद्यमशीलता सम्मेलन गर्ने

Advertisement

काठमाडौं । किङ्गस् कलेजले यही आउँदो असार १६ र १७ गते राजधानीमा सामाजिक उद्यमशीलतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । सम्मेलनको आवश्यक तयारी पूरा भइसकेको कलेजले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

सम्मेलनमा ३० वटा भन्दा बढी सामाजिक उद्यमीहरूको कथा प्रस्तुत गरिनुका साथै विश्वभरीबाट ७ विख्यात वक्ताहरूको प्रस्तुती रहने जनाइएको छ । सम्मेलनले सामाजिक उद्यमको क्षेत्रको विकास तथा वृद्धिका लागि सञ्जाल निर्माण (नेटवर्किङ्ग)को अवसर खोजिरहेका व्यक्तिका लागि एउटा मञ्चको भूमिका खेल्ने आशा गरिएको छ ।

Advertisement

“सामाजिक उद्यमशिलतामार्फत नेपालको पुनर्निर्माण” विषयक यस सम्मेलनले गत वर्ष वैशाख १२ को भूकम्पपछिको समयमा नेपालको अत्यावश्यक पुनर्निर्माणका प्रयासमा उद्यमशीलताले अझ विशेषगरी सामाजिकउद्यमशीलताले कस्तो योगदान दिनसक्छ भन्ने कुरामा ध्यान केन्द्रित गर्नेछ । 

सम्मेलनमा प्रस्तुत हुने प्राज्ञिक सोधपत्रहरूले पुनर्निर्माणका मापनीय, सम्भव र अनुकरणीय नमूनाहरू बारेमा छलफल गर्ने पत्रकार सम्मेलनमा कलेजका पदाधिकारीहरुले जानकारी दिए । किङ्गस् कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्यालले भने– “हाम्रो उद्देश्य भनेको नेपाल र दक्षिण एसियामा  सामाजिक उद्यमशीलता विकास गर्नमा अह्म भूमिका खेलिरहेका व्यक्ति तथा संस्थालाई एकै छानामुनी ल्याउनु हो,” 

सामाजिक उद्यमीहरूबाहेक सम्मेलनमा टाटा इन्स्टिच्यूट अफ सोसल साइन्सको स्कूल अफ म्यानेजमेन्ट एण्ड लेबर स्टडिजमा रहेको सामाजिक उद्यमशीलता केन्द्रका अध्यक्ष प्राध्यापक सत्यजित मजुमदार, बेलायतको एस्सेक्स बिजिनेस स्कूलको अन्तर्राष्ट्रिय विकास विभागका निर्देशक प्राध्यापक जय मित्र र गियर अप भेन्चरकी सह–संस्थापक लेना रामफेल्ट सहभागी हुने जनाइएको छ । 

त्यस्तै बुन्दका कार्यकारी निर्देशक रुस्तम सेनगुप्ता, इनोभेन्टका ग्लोबल निर्देशक विपुलकुमार तथा एप्पल इन्कका सिदार्थ राझन्स पनि यस सम्मलेनमा सहभागी हुन र आफ्ना धारणा प्रस्तुत गर्न सहमत भएको कलेजले जनाएको छ । सम्मेलनमा ३०० भन्दा बढी सहभागीको अपेक्षा गरिएको छ ।  

Advertisement

Advertisement