सामसङ ग्यालेक्सी एस सेभेन एज

Advertisement

काठमाडौँ। हाल बजारमा भएका मध्ये प्रिमियम स्मार्टफोनहरूको चर्चा गर्दा सामसङको एस सेभेन सिरिजका फोनहरू अग्रस्थानमा आउँछन् ।

सामसङले सार्वजनिक गरेको ग्यालेक्सी एस सेभेन र ग्यालेक्सी एस सेभेन एजले विश्व बजारमा राम्रो उपस्थिति जनाए । सामसङको स्मार्टफोन एस सेभेन एज नेपाली बजारमा प्रिमियम सेटको रूपमा उपलब्ध छ ।

Advertisement

एस सेभेन एजमा ५.५ इन्चको क्युएचडी सुपर एमोलेड डिस्प्ले छ, जसको पिक्चर रिजोलुसन २५६० बाइ १४४० पिक्सेल छ । यसको स्क्रिन दुवैतर्फ घुमाउन मिल्ने अर्थात डुअल एज छ, जसले यो स्मार्टफोनलाई आकर्षक बनाएको छ । यसको एज स्क्रिनमा पनि टच गरेर विभिन्न काम गर्न सकिन्छ ।

यसको स्क्रिन साइज ठूलो भए पनि यो फोन हातमा समाउँदा धेरै ठूलो अनुभव हुँदैन । यसको डिस्प्लेलाई थ्री डी ग्लासले कभर गरिएको छ भने पछाडिको भागमा २.५ डी ग्लास राखिएको छ । यसको वरिपरिको भागमा मेटल रिम प्रयोग गरिएको छ, जसले फोनलाई प्रिमियम लुक्स दिन्छ । यसको डिस्प्लेलाई सुरक्षित बनाउन गोरिल्ला ग्लास फोर प्रयोग गरिएको छ ।

एस सेभेन एजमा सामसङ आफैंले बनाएको २.६ गिगाहर्जको अक्टा कोर एक्सनोज ८८९० चिपसेट प्रयोग गरिएको छ । नेपाललगायत बजारमा एक्सनोज ८८९० मा आधारित चिप सेटसहितका एस सेभेन एज उपलब्ध छ भने क्वालकम स्न्यापड्रयागन ८२० चिप सेटसहित केही बजारमा मात्र उपलब्ध छन् । त्यस्तै, यसमा ४ जीबीको ¥याम तथा ३२ जीबीको आन्तरिक स्टोरेज छ । माइक्रो एसडी कार्डको सहयोगमा २ सय जीबीसम्म स्टोरेज थप गर्न सकिन्छ ।
मोबाइल्सखबरडटकमबाट

Advertisement

Advertisement