नागरिक लगानी कोषको पैसा अब सिधै राबा बैंकको केन्द्रीय खातामा जम्मा हुने

Advertisement

काठमाडौं । नागरिक लगानी कोष र राष्ट्रिय बाणिज्य बैकबीच कोषको रकम बैकको केन्द्रीय खातामा एवीवीएसमार्फत सिधै सम्बन्धित योजनाको खातामा जम्मा हुनेसम्बन्धी सम्झौता भएको छ । बैकका सबै कार्यालयबाट एवीवीएसमार्फत रकम संकलन तथा ट्रान्सफरलाई सरल र सुविधायुक्त बनाउन दुई संस्थाबीच शुक्रबार सम्झौता भएको जनाइएको छ । यो सम्झौता साउनदेखि कार्यान्वयनमा आउने छ । 

सम्झौताअनुसार नेपालभरि बैंकका शाखाहरुमा कोषको नाममा रहेका खाताहरु बन्द गरी बाँकी रहेको सम्पूर्ण रकम कोषको एवीवीएस रहेका बैंकको थापाथली, टेकु र बानेश्वर बैंकिङ अफिसबाट कारोबार हुने ब्यवस्था गरिएको छ । 

Advertisement

यस्को लागि छ वटा खाताहरुमा निक्षेप रकम जम्मा गर्नको लागि खाताको नाम र खाता नम्बर उल्लेख भएका अलग अलग रंगका भौचरहरुको व्यवस्था बैंकले गर्ने कोषले जानकारी दिएको छ । त्यस्ता खाताहरुमा कर्मचारी बचत वृद्वि अबकाश कोष, निजामती बिमा कोष, शिक्षक बिमा कोष, सैनिक बिमा कोष, नेपाल प्रहरी बिमाकोष र सशस्त्र प्रहरी बिमा कोष छन । 

Advertisement

Advertisement