नेपालको गरिवी २१ प्रतिशत होइन, २८ प्रतिशतभन्दा बढि, सबैभन्दा धेरै प्रदेश ६ मा

Advertisement

काठमाडौंः सरकारले नेपालको गरिवी घटेर २१ दशमलव ६ प्रतिशत होइन २८ दशमलव ६ प्रतिशत रहेको एक आधुनिक सर्वेक्षण विधिले खुलासा गरेको छ ।

अक्सफोड विश्वविद्यालयअन्तर्गतको अनुसन्धान संस्था ओपीएचआईसँगको सहकार्यमा राष्ट्रिय योजना आयोगले बुधबार सार्वजनिक गरिएको २०१८ को बहुआयामिक गरिवी सुचकांक (मल्टिडायमेन्सनल पोभर्टी इन्डेक्स)ले नेपालको गरिवी २८ दशमलव ६ प्रतिशत रहेको देखाएको हो ।

यसअघि मानिसहरुको आयस्तरका आधारमा मात्रै गरिवीको सर्वेक्षण हुने गरेकोमा बहुआयामिक विधिबाट सर्वेक्षण गर्दा गरिवी बढि देखिएको हो । यसमा विधिले मानिसहरुको आम्दानी मात्रै नहेरेर पोषण, बाल मृत्युदर, मातृमृत्युदर, अध्ययन गर्ने समय, खाना पकाउने इन्धन जस्ता १० वटा सुचकहरुका आधारमा गरिवीको मापन गरिएको हो ।

यस मापनअनुसार सात वटा प्रदेशहरुमा सबैभन्दा कम गरिव रहेको प्रदेश नं. ३ मा १२ दशमलव २ प्रतिशत र सबैभन्दा बढि गरिवी रहेको प्रदेश नं. ६ मा ५१ दशमलव २ प्रतिशत रहेको देखिएको छ । त्यसपछि बढि गरिवी रहेको अर्को प्रदेश नं. २ मा ४७ दशमलव ८९ प्रतिशत रहेको छ ।

swonim-wagle-npc-mpi

यस सुचकांकले सन् २००६ देखि २०१४ को अवधिमा नेपालको गरिवी आधा घटेको देखाएको छ । कार्यक्रममा आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नेपालमा मौद्रिक र गैरमौद्रिक दृष्टिबाट गरिवी घटाउने कार्यको गति प्रभावकारी भएको तर विशेषगरी पोषण, शिक्षा, स्वास्थ्य क्षेत्रमा भएको मानवीय बन्चितिकरणको फैलावट अझै पनि एउटा कठिन नीतिगत चुनौतिका रुपमा रहेको बताए ।

उनले प्रदेशिकरुमपा विभाजित यस बहुआयामिक गरिवी सुचकांकले मुलुकको नयाँ संघीय स्वरुपको लागि प्रभावकारी नीति अंगिकार गर्न सहयोग गर्ने बताए । वाग्लेले एकल आयामले समेट्न नसकेको वास्तविक गरिवी बहुआयामिक आयामबाट हेर्दा समेट्न सकिने भन्दै अबका दिनमा यही अनुसन्धान विधिलाई राष्ट्रिय तथ्यांक विभागले अपनाउने बताए ।

यस सुचकांकअनुसार राज्यको स्रोतको बाँडफाँड गर्न सहज र बैज्ञानिक हुने भन्दै उनले कुल गार्हस्थ उत्पादन, त्यसपछि मानव विकास सुचकांश हुँदै बहुआयामिक गरिवी सुचकांक आधुनिक विधिको रुपमा विश्वभर लागू हुँदै गएको बताए ।

ओपीएचआईकी निर्देशक डा. सविना अल्किरेले राष्ट्रिय गरिवी निवारणमा नाटकीय र उत्साहजनक कमी आएको भन्दै भोलिका दिनमा यो उत्साह अझै बढनसक्ने बताइन । बहुआयामिक गरिवी सुचकांशले नौ बर्षसम्मका बालबालिका सबैभन्दा गरिव समूहमा परेको देखाएको छ, जसमध्ये ४१ दशमलव ६ बालबालिका बहुआयामिक गरिवीमा रहेको देखिएको छ ।

Advertisement

Advertisement

Advertisement