नागरिक लगानी कोषमा काँग्रेस निकट कर्मचारी संगठन आधिकारिक

Advertisement

काठमाडौं । नागरिक लगानी कोषमा भएको आधिकारिक ट्रेड युनियन निर्वाचनमा नेपाली काँग्रेस निकट नेपाल वित्तिय संस्था कर्मचारी संघ बिजयी भएको छ । शुुक्रबार भएको निर्वाचनमा संघ आधिकारिक भएको हो । 

दुई वर्षे कार्यकालका लागि भएको निर्वाचनमा कुल १०६ मतदातामध्ये १०५ मत खसेको थियो । जसमा संघले ५५ मत प्राप्त गरी विजयी भएको हो । प्रतिपक्षी नेकपा एमाले निकट नागरीक लगानी कोष कर्मचारी युनियनले ४४ प्राप्त गरेको थियो भने छ मत बदर भएको निर्वाचन अधिकृत पोषण्राज लामिछानेले बताए । 

Advertisement

विजयी युनियनबाट नवनियुक्त अध्यक्ष पर्शुराम गिरीले सबै कर्मचारीको जित भएको बताउदै कोषमा रहेका विभिन्न समस्या समाधान गर्न पहल गर्ने बताए । गिरीकोे अध्यक्षतामा गठित प्रस्तावित कार्य समितिको उपाध्यक्षमा प्रदिप अधिकारी, महासचिवमा देव गुरागाई र कोषाध्यक्षमा धनु कुइकेल, सदस्यहरुमा राजु भुर्तेल, श्याम श्रेष्ठ, रामेश्वर मिश्र, हरिहर गुरागाई, अनिल बस्नेत, दुर्गाबहादुर मगर र निशा लामिछाने छन् ।  

Advertisement

Advertisement