देशकै ठूलो कर्पोरेट हाउसको प्रमुख कार्यकारीमा महिला, नेपाल टेलिकमको एमडीमा कामिनी

Advertisement

काठमाडौं । देशकै ठूलो कर्पोरेट हाउसको प्रमुख कार्यकारीमा महिला नियुक्त भएकी छन् । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) मा कामिनी राजभण्डारी नियुक्त गरेको हो ।  

टेलिकममै प्रमुख प्राविधिक अधिकृत पदमा कार्यरत राजभण्डारीलाई मन्त्रिपरिषदको बिहीवार बसेको बैठकले अगामी तीन वर्षको लागि प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो ।

Advertisement

कुल सेयरमध्ये ९५ प्रतिशत सरकारको स्वामित्वमा रहेको कम्पनीको कार्यकारी प्रमुखमा महिला नियुक्त हुन सफल भएकी हुन । सरकारी स्वामित्वका संस्थानहरुमा  सबैभन्दा बढी नाफा गर्ने र सरकारलाई सबैभन्दा बढी कर बुझाउनेमा नेपाल टेलिकम नै पर्दछ । 

राजभण्डारीले केही महिनाअघि मात्र उत्कृष्ट इन्जिनियर्स अवाड पाएकी थिइन् । ५४ औँ इन्जिनियर्स दिवसको अवसरमा गत साउन ३ गते नेपाल इन्जिनियर्स एसोसिएशनले उनलाई उत्कृष्ट इन्जिनियर्स अवार्ड दिएको थियो ।
टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यको कार्यकाल सकिएपछि सरकारले गत असार २५ मा खुला प्रतिस्पर्धाका आधारमा टेलिकम प्रमुख माग गरेको थियो । त्यसमा नेपाल टेलिकम भित्रबाट ९ जना र बाहिरवाट चार जनाले आवेदन दिएका थिए ।

सिफारिस समितिले आवेदकमध्येबाट छ जनालाई सर्टलिष्टमा राखेर अन्तरवार्ता गर्ने र ती मध्येबाट उत्कृष्ट तीन जनालाई विहीवार मन्त्रिपरिषदमा पेश गरेको थियो । 

छनौट समितिले तयार पारेको सर्ट लिस्टमा टेलिकम भित्रैबाट आवेदन दिनेमध्ये नायब प्रबन्ध निर्देशक कामिनीवाहेक मानव संशाधन प्रमुख रवीन्द्र झा, प्रबन्धकहरू वटुक आनन्द वैद्य, सुनील पोखरेल र गुणकेशरी प्रधान थिए । यसैगरी टेलिकम वाहिरबाट मदन खरेल परेका थिए । 

Advertisement

Advertisement