चाडपर्वलाई लक्षित गर्दै एनसेल आजबाट ल्यायो ‘दोब्बर पैसा ब्याक’ अफर

Advertisement

काठमाडौंः निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले चाडपर्वको अवसरमा ‘दोब्बर पैसा ब्याक’ योजना ल्याएको छ । यस योजनामा एनसेलका सबै प्रिपेड ग्राहकले प्रत्येक दिन निश्चित रकम मेन ब्यालेन्सबाट प्रयोग गर्दा प्रयोग भएको रकमको दोब्बर रकम बोनस ब्यालेन्स स्वरुप फिर्ता पाउनेछन् ।

चाडपर्वको अवसर पारी आफ्ना ग्राहकलाई थप लाभ प्रदान गर्ने उद्देश्यले ल्याइएको यो योजना बिहीबारबाट लागू भएको छ । एनसेलका सम्पूर्ण प्रिपेड ग्राहकले १७१२४ मा डायल गरि यो योजनामा निःशुल्क सहभागी हुनसक्ने कम्पनीले जनाएको छ । 

Advertisement

सहभागितासँगै ग्राहकले बोनस प्राप्त गर्न आफूले प्रयोग गर्नुपर्ने रकमको जानकारी पाउनेछन् । उक्त रकम बराबरको मेन ब्यालेन्स प्रयोग हुने बित्तिकै सोही रकम बराबरको दोब्बर रकम बोनस ब्यालेन्सको रुपमा तत्काल प्राप्त गर्न सक्नेछन् ।
 
प्राप्त बोनस रकम ग्राहकले एनसेल नेटर्वकभित्र कल गर्न, एसएमएस, एमएमएस पठाउन तथा इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् । बोनस एक दिनमा एक पटक मात्र प्राप्त हुने र प्राप्त बोनस त्यही दिन मध्यरातसम्म मान्य हुनेछ ।  
 
भोलिपल्ट पुनः तोकिएको रकम बराबरको मेन ब्यालेन्स प्रयोग हुँदा ग्राहकले दोब्बर बोनस प्राप्त गर्नेछन् । यसरी एक पटक योजनामा सहभागी भएपछि ग्राहकले योजना अवधिभर प्रत्येक दिन बोनस प्राप्त गरी आफ्ना प्रियजनसँग थप सम्पर्कमा रहन सक्नेछन् । 

यसका साथै ग्राहकले १७१२४ मा खाली म्यासेज (ब्ल्याङ्क म्यासेज) पठाई आफूले प्रयोग गरेको रकमको जानकारी पाउन सक्ने जनाइएको छ । 

Advertisement

Advertisement