एनसेललाई लगातार ‘फ्रोस्ट एण्ड सलिभन नेपाल मोबाइल सेवा प्रदायक अवार्ड’

Advertisement

काठमाडौंः नेपालको पहिलो निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटेडले लगातार दोस्रो वर्ष ‘फ्रोस्ट एण्ड सलिभन नेपाल मोबाइल सेवा प्रदायक २०१६ अवार्ड’बाट सम्मानित भएको छ । 

यो पुरस्कार एनसेललाई अन्तर्राष्ट्रिय विकास साझेदारी कम्पनी फ्रोस्ट एण्ड सलिभनले प्रदान गरेको हो । यो पुरस्कार फ्रोस्ट एण्ड सलिभनले प्रदान गर्ने एसिया प्रशान्तको सर्वश्रेष्ठ अभ्यास पुरस्कार उप–समुहअन्र्तगत पर्ने जनाइएको छ । 

Advertisement

यसले एसिया प्रशान्तको अटोमोटिभ, उर्जा, भवन निर्माण तथा पर्यावरण, स्वास्थ्य सेवा र सूचना तथा संचार प्रविधिलगायतका क्षेत्रहरुमा हजारौ कम्पनीमध्य सबैभन्दा राम्रो अभ्यास गर्दै आएकोलाई यो सम्मान प्रदान गर्दछ ।

ग्राहक संख्या, मोबाइल सेवाको आम्दानी, प्रतिग्राहक मिश्रित औषत आय, प्रतिग्राहक आयको वृद्घि, सेवा अथवा व्यवसायमा नविनतालगायतका बजारमा कम्पनीहरुको वास्तविक विविध सुचकहरुको आधारमा मापदण्डभित्र रहेर पुरस्कार पाउने कम्पनीहरुको मुल्याङ्कन गरिएको एनसेलको भनाई छ । 

एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सका अनुसार फ्रोस्ट एण्ड सलिभनले अवार्ड दिनका लागि कठिन प्रद्दती अपनाउछ । यो सफलता एनसेललको उदाहरणीय समग्र विकास र उत्कृष्ट कार्य पद्धतीको प्रमाण हो । लगातार दोस्रो वर्षको यो सम्मानबाट प्रात्साहित एनसेल, आफ्नो नेटवर्कमा महत्वपुर्ण सुधार ल्याउन र अझ नविन सेवाहरु देशैभर पुर्याउन प्रतिवद्ध रहेको उनको भनाई छ ।

एनसेलले नेपालमा सन् २००४ देखि निजी मोबाइल सेवा प्रदायकका रूपमा रहेको छ । २०७२ को चैतमा आजीयाटा ग्रुप बर्हादले रेनल्डस होल्डिको सत्प्रतिशत सेयर खरिदसँगै एनसेल आजीयाटा ग्रुपसँग आबद्ध भएको यो कम्पनीमा उसको ८० प्रतिशत सेयर स्वामित्व र बाँकी स्थानीय साझेदारहरुको रहेको छ । 

सबैभन्दा ठूलो करदाताको रुपमा रहेको यस कम्पनीले करिब एक करोड ४० लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएको छ । यसमा करिब ४० हजार नेपालीले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गरिरहेको उसले जनाएको छ । 

Advertisement

Advertisement