एफवान सफ्टले बनाएको सनराइन बैंकको नयाँ एप्समा समस्या

Advertisement

काठमाडौंः एफवान सफ्टले नयाँ फिचरहरुसहित बनाएको सनराइज बैंकको नयाँ स्मार्ट एप्समा समस्या देखिँदा बैंकका ग्राहकले सास्ती पाएका छन् । हालैमात्रै लन्च गरिएको नयाँ एप्स चलाउँदा चलाउँदै आफै हराउने ग्राहकहरुले गुनासो गर्दै आएका छन् । 

बैंककी एक कर्मचारीले एप्समा समस्या भएको स्वीकार गर्दै यसको सुधारका लागि एफवान सफ्टलाई कुरा भइरहेको जानकारी दिइन । एप्सबाट मोवाइलमा पैसा रिचार्ज गर्दा तथा पैसा ट्रान्सफर दर्ता आफै हराउने गरेको भन्दै ग्राहकहरुको गुनासो आउने गरेको बैंकको कर्मचारीले जानकारी दिइन । 

Advertisement

पछिल्लो समयमा बढर्दै गएको कार्यव्यस्तताले मानिसहरु रिचार्जदेखि बिल भुक्तानीको कामसमेत मोवाइलबाटै गर्न अभ्यस्त हुँदै गएको बेला एप्समा समस्या आउँदा उनीहरुले सास्ती भोग्नु परेको छ । एफवान सफ्ट सफ्टवयर तथा एप्सहरुको विकासमा चलेको नाम भए पनि पछिल्लो समयमा उसका अन्य उत्पादनहरुमा पनि कमजोरी सुनिने गरेका छन् । 

Advertisement

Advertisement