एनबी इन्स्योरेन्सको अध्यक्षमा हेमराज ढकाल

Advertisement

काठमाडौंः एनबी इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा हेकराज ढकाल चयन भएका छन् । आइएमई समूहको प्रमुख लगानी रहेको यस कम्पनीमा उक्त समूहका अध्यक्ष चन्द्र ढकालका भाई हेमराज अध्यक्ष हुन आइपुगेका हुन । 

कम्पनीको आइतबार बसेको सञ्चालक समितिले हेमराज अध्यक्षमा चयन गरेको सो कम्पनीले जनाएको हो । उनी आइएमई लिमिटेडका कार्यकारी निर्देशक, चन्द्रागिरी हिल्स लिमिटेडलगायतमा सञ्चालक छन् । यसअघि कम्पनीको अध्यक्षमा आइएमई समूहकै अम्बिका पौडेल थिए ।

Advertisement

Advertisement

Advertisement