गलत उद्देश्यका लागि ल्याउन लागिएको 'प्लान इन्टरनेसनल'को आठ अर्ब सरकारले रोकिदियो

Advertisement

काठमाडौंः नेपालको विकासमा साझेदार अन्तराष्ट्रिय संस्था प्लान इन्टरनेसनले आगामी पाँच बर्षका लागि प्रस्तुत गरेको कार्यक्रम नेपालको प्राथमिकता विपरीत रहेको पाइएको छ । उक्त संस्थाले हालै समाज कल्याण परिषदको माध्यमबाट समाज कल्याण मन्त्रालयमा पाँचबर्षे कार्यक्रम पेस गरेको थियो । आठ अर्ब रुपियाँको उक्त परियोजना वास्तविक कामभन्दा पनि सफ्टवेयर (नदेखिने अभौतिक काम)मा केन्द्रित देखिएपछि मन्त्रालयले उक्त कार्यक्रम अस्वीकृत गरेको छ ।

Advertisement

मन्त्रालयअन्तर्गतको सहजीकरण समितिले उक्त आयोजनाको फाइल समाज कल्याण परिषदमै फिर्ता गरिदिएको छ ।
प्लानले 'चाइल्ड सेन्टर्ड कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट'को दोस्रो चरणका लागि आठ अर्ब रुपियाँको कार्यक्रम प्रस्ताव गरेको थियो ।

आजको नागरिक दैनिकबाट

Advertisement

Advertisement