टेलिकमको वार्षिकोत्सवमा काठमाडौं र पोखरामा प्रिपेडमा फोरजी प्रारम्भ, सिआरबिटी पनि पुनः सुरु

Advertisement

काठमाडौंः नेपाल टेलिकमले आफ्नो १३औं वार्षिकोत्सवको अवसरमा काठमाडौं र पोखरामा जीएसएम प्रिपेड सेवामा फोरजी सेवा प्रारम्भ गरेको छ । त्यसैगरी सिआरबिटी सेवा पुनः सञ्चालन गरेको छ । 

मोबाइल सेवामा कल वेटिङ र कल फर्वाडिङ जस्ता सुविधा उपलब्ध गराइएको छ । जीएसएम नेटवर्कका सेवाग्राहीहरुलाई २० रुपियाँमा पाँच दिन भ्यालिडिटी भएको सय एमबी फेसबुक प्याकेज उपलब्ध गराइएको छ । यीबाहेक अन्य विभिन्न सेवाहरुमा विभिन्न प्रकारको अफर र छुटको व्यवस्था गरिएको छ । 

Advertisement

कम्पनीले सिंहदरबार अगाडिको यूएनआई शान्तिमार्ग मर्मतका लागि काठमाडौं महानगरपालिकालाई ४० लाख रुपियाँ सहयोग गरेको छ । कम्पनीकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले बताएअनुसार शहरी क्षेत्र तथा पर्यकटकीय क्षेत्रमा क्रमैसँगै फोरजी सेवा विस्तार गरिनेछ । 

रिचार्जका लागि विभिन्न प्रविधिका विकल्पहरु एमपिओएस, एप्स, बैंकमार्फत भुक्तानीको सर्वसुभल व्यवस्था मिलाउने, मोवाइल सापटी सेवा चाँडै सुरु गर्ने, तारसहित सेवातर्फ पूराना टिडिएम प्रविधिको आधारभूत टेलिफोन सेवालाई क्रमैसँग नयाँ प्रविधिबाट प्रतिस्धापन गर्दै सेवा विस्तार गर्ने काम भइरहेको कम्पनीले जनाएको छ । 

ग्राहकसम्मको कपर केवलको लम्बाई घटाई एक्सडिएसएल सेवामार्फत गति तथा गुणस्तर कायम गर्ने, कपर नेटवर्कलाई फाइबरमा अपग्रेड गर्ने तथा एफटिटिएच नेटवर्कको बृहत विस्तार गरी उच्च गतिको डाटा सेवा उपलब्ध गरायने कार्य थालनी भएको कामिनीले बताइन । 

शहरी क्षेत्रको सौन्दर्य बढाउन पनि आधारभूत टेलिफोन सेवाको कपर, फाइबर तथा एरियल केबललाई भूमिगत गर्ने लक्ष्य लिई हाल त्रिपुरेश्वरदेखि कलंकीसम्मको काम सुरु भएको छ । टेलिकमले सञ्चालन गरिरहेका विभिन्न प्रविधिका सेवाहरुको विद्यामान क्षमता विस्तार र नयाँ प्रविधिको अबलम्बन गरी सुचना राजमार्गको अवधारणा कार्यान्वयन गर्न ग्रामीण दूरसञ्चार कोषको प्रयोग गरी मध्यपहाडी लोकमार्गको पूर्वी खण्डमा पर्ने पाँचथरको चियो भञ्ज्याङबाट धादिङ गोर्खाको आरुघाटसम्म अप्टिकल फाइबर सञ्जाल विस्तार कार्य अघि बढाइएको प्रवन्ध निर्देशक कामिनीले जानकारी दिइन । 

Advertisement

Advertisement