लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोको तेस्रो शाखा पुल्चोक भाटभटेनीमा

Advertisement

काठमाडौंः लक्ष्मी हेयर एण्ड व्यूटी स्टुडियोले ललितपुरमा आफ्नो तेस्रो शाखा विस्तार गरेको छ । पुल्चोकस्थित भाटभटेनीमा सञ्चालनमा ल्याइएको शाखाको आइतबार हास्यकलाकारद्धय सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले गरेका हुन । 

उनीहरुको परोकारी संस्था धुर्मुस सुन्तली फाउण्डेसनलाई स्टुडियोले ५० हजार रुपयाँ नगद सहयोग पनि गरेको थियो । फाउण्डेशनले महोत्तरीमा मुसहरहरुको लागि एकीकृत नमुना बस्ती निर्माण गरिरहेको छ । 

Advertisement

विगत १७ वर्षदेखि राजधानीमा संचालनमा रहेको लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोले यसअघि महाराजगञ्ज र कोटेश्वर भाटभटेनीमा शाखा सञ्चालन गर्दै आएको थियो । यी शाखाहरुबाट महिला तथा पुरुषले कपाल तथा सौन्दर्य सम्बन्धि सम्पूर्ण सेवाहरु लिन सक्ने जनाइएको छ । 

बुटिक शैलीमा संचालनमा आएको पुल्चोक शाखा पारिवारिक हेयर एण्ड ब्यूटी स्टुडियोे भएको स्टुडियोका अध्यक्ष लक्ष्मी ठाकुरले बताए । भाटभटेनी स्टोर पुल्चोकको पछाडीतर्फको खुल्ला भागमा अकर्षक शैलीको डिजाइनमा तयार पारिएको स्टुडियोले एक पटकमा १५ जनालाई उत्कृष्ट सेवा प्रदान गर्न सक्ने जनाइएको छ । 

ललितपुर क्षेत्रका ग्राहकको मागका कारण पुल्चोकमा शाखा संचालन गरिएको भन्दै ठाकुरले भने, ‘बच्चादेखि वृद्धासम्म हाम्रा ग्राहक हुन, मध्यम वर्गदेखि उच्च घरानियासम्मका लागि लक्षित गर्दै हामीले स्टुडियो सञ्चालनमा ल्याएका हौं ।’ उनले भने । 
मुम्बइमा चार वर्ष व्यवसायिक दक्षता हासिल गरेका ठाकुर विगत १७ बर्षदेखि यो व्यवसायमा आबद्ध छन । उनले नेपालको चलचित्र, साँगीतिक क्षेत्रका ख्यातिप्राप्त कलाकारहरुको कपाल नियमित रुपमा काट्दै आएको जनाइएको छ । 

ठाकुरले आगामी दिनमा अझै आक्रामक व्यवसायिक योजना लिएर आउने बताए । चेन विजनेशको रुपमा स्थापित भएको यो स्टुडियोका तीन शाखामा ४५ जनाले रोजगारी पाएका छन् ।

Advertisement

Advertisement