चौथो अन्तर्राष्ट्रिय पारिवारिक विप्रेषण दिवसमा आइएमइले पोखरामा प्रभातफेरि गर्यो

Advertisement

पोखराः चौंथो अन्तर्राष्ट्रिय पारिवारिक विप्रेषण दिवसको अवसरमा आइएमईले शनिबार प्रभातफेरी गर्यो । प्रभातफेरिमा आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल, आइएमईका ब्राण्ड एम्बासडरद्धय कलाकार दीपकराज गिरी, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललगायत सहभागी थिए ।

प्रवासी तथा आप्रवासी नागरिकहरूले परिवारको लालन पालन र आफू जन्मेको देशको दिगो आर्थिक विकासमा रेमिटेन्समार्फत पुर्याउँदै आएको योगदानको सम्मानमा सन् २०१५ देखि हरेक जुन १६ मा यो दिवस मनाउँदै आएको छ ।

‘सुरक्षित रेमिटेन्सका लागि आधिकारिक माध्यम नै प्रयोग गरौं’ भन्ने नारा अंकित प्लेकार्ड बोकेर करिव दुईसयले बिरौटास्थित पोखरा ग्राण्ड होटलबाट शुरु गरेको प्रभातफेरी मुस्ताङचोक हुँदै पृथ्वीचोकबाट पुनः बिरौटा पुगेर सम्पन्न भएको आइएमईले जनाएको छ ।

बिगत १८ बर्षदेखि विप्रेषण कारोबारमा संलग्न आइएमई लिमिटेडका १७४ आइएमई सेन्टरसहित सात हजार पाँचसय भन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले पठाएको रकम नेपाल भित्राउँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement