आइएमई र आइएमई पेको ‘आइमई व्लर्ड कप उत्सव २०१८’ योजना सार्वजनिक

Advertisement

काठमाडौंः आइएमई र आइएमई पेले ‘आइएमई वल्र्ड कप उत्सव २०१८’ सार्वजनिक गरेका छन् । हाल रसियामा जारी विश्वकप फुटबलको अवसर पारेर ल्याइएको यस योजनामा आइएमई र आइएमई पेका आधिकारिक फेसबुक पेज र एपमार्फत यो उत्सवमा सहभागिता जनाउन सकिने आइएमई ले जनाएको छ ।

यो प्रतियोगिता १४ जून देखि १५ जुलाई २०१८ संचालन हुनेछ । सहभागीहरुले वेभ पेजमा रहेको एपमा लग इन गर्दै एक हजार प्वाईन्टसहित प्रतिष्पर्धामा भाग लिन सक्नेछन् । पोईन्टका साथै म्याचको पूर्ण विवरण प्रत्येक दिन एप्लिकेसनमा पोष्ट गरिने कम्पनीले जनाएको छ ।

सहभागीहरुले दर अनुसार त्यस दिनको अनुमान गर्नुपर्ने र खेलको गलत अनुमान गरेमा सहभागीहरुको पोइन्ट अन्तर्राष्ट्रिय दरले काटिने आइएमईले बताएको छ । थप आइएमई फ्यान्टासी पोईन्टको सङ्कलन लागि थप चरणहरू प्रतियोगिताको समय अवधिभित्र पेस गरिनेछ । प्रतियोगिताको अन्त्यमा अधिक संख्याको प्वाईन्टले विजयी प्राप्त गर्नेछ ।

अधिक संख्याको पोइन्ट प्राप्त गर्ने एक सेवाग्राहीले ‘खेलौं रमाऔँ बैंङ्कक जाऔँ’ अन्तर्गत एकजोडीलाई ४ रात ५ दिन लामो बैंङ्कक भ्रमणको अवसर प्राप्त गर्नेछन् । यस्तै प्रत्येक दिन कम्पनीका आधिकारिक फेसबुक पेजमा सोधिएका फुटबलसँग सम्बन्धित प्रश्नको सहि उत्तर दिने चार सेवाग्राहीहरू ‘लक्की–ड्र’ मार्फत छनोट गरिने छ । हुनुहुनेछ । यसरी छनोटमा पर्ने सेवाग्राहीहरूले दुई सयको आइएमई पे टपअप प्राप्त गर्नेछन् ।

विश्वमा रहेका नेपाली फेसबुक प्रयोगकर्ताले प्रतियोगितामा भाग लिन सक्ने कम्पनीले जनाएको छ । यदि विदेशमा रहेका फेसबुक प्रयोगकर्ता विजयी भएमा नेपालमा बसोबास गर्ने नीजले ईच्छाएका व्यक्तिलाई मात्र पुरस्कार प्रदान गरिनेछ ।

Advertisement

Advertisement

Advertisement