अमेरिकामा महिला सांसदले दर्ता गराए अनौंठो प्रस्ताव: पुरुषले हस्तमैथुन गरे १०० डलर जरिवाना !

Advertisement

एजेन्सी: नेपालमा झैँ अमेरिकामा पनि महिलाहरुमाथि हुने हिंशाको बिरुद्धमा विभिन्न आवाजहरु उठिरहेका छन् तर त्यस्तै आवाज उठिरहेकै बेला, अमेरिकाको टेक्सासका महिला सांसदहरुले पुरुषले हस्तमैथुन गरे १०० डलर जरिवाना गर्न विधेक दर्ता गरेका छन् ।
   
यस्तो प्रस्ताव सर्वप्रथम ल्याउनेमा महिला संसाद जेसिका फर्रार हुन् । उनी डेमोक्र्याटिक पार्टीकी संसाद भएकीले यो प्रस्ताव हाउस अफ रिपि्रजेन्टेटिभबाट पास हुन भने गार्हो छ । उनले सो प्रस्ताव दुई साता अघि हाउस अफ रिपि्रजेन्टेटिभमा दर्ता गराएकी हुन् ।

यसले कानूनी रुप पाउने गार्हो छ किन भने, हाल टेक्सासमा हाउस अफ रिप्रिजेन्टेटिभमा रिपब्लिकनको नियन्त्रण छ र गर्भपतनलाई लिएर महिलाहरुमाथि कडा कानुन बनेको छ ।

Advertisement

तर, उनले भनेकी छन् कि नजन्मिएका बच्चाको सुरक्षा हरेक रुपमा हुनुपर्छ । उनले यो विधेयकमा भनेकी छन्, यदि कुनै व्यक्तिले स्त्रीको योनीभन्दा बाहिर विर्य निकाल्छ भने यो नजन्मिएका बच्चाको विरुद्ध कदम हो ।

उनका अनुसार हेल्थ केयर कानुनको नाममा महिलालाई गर्भपतन गराउन कडाई गरी अनेक दुःख दिइएको छ, जबकी पुरुषलाई यस्तो कानुन नै छैन । त्यसैले उनले भनेकी छिन कि पुरुषलाई जसरी आफ्नो विर्य महिलामाथि फाल्ने वा सुक्रक्रिटको नास गर्ने अधिकार छ त्यसै महिलालाई पनि गर्भपतनको अधिकार हुनु पर्यो ।

कामुकताको वर्गिकरण गर्दै उनले भनिन्, ‘योनी बाहिर शुक्राणु निकाल्नु पुरुषले आफ्नो नजन्मिएको बच्चाविरुद्ध हत्या गरेको हो ।

सो प्रस्ताव दर्ता भएपछि कतिपय पुरुष संसादहरुले भने यो विधेयक कतिपयलाई मजाक लागेको उनले बताइन् । उनी भन्छिन्, ‘टेक्सासमा जो महिला हरेक दिन/रात यो समस्याबाट प्रताडित छन्, यो कुनै मजाक होइन । यहाँका सांसदले महिलाका लागि स्वास्थ्य सुविधाका नाममा महिल्हारुलाई आफ्नो स्वास्थ्य अधिकारमाथि निकै कडा कानुन लगाइएको बताइएको हो ।’

उनले दर्ता गरेकी यो प्रस्तावमा भने हाल अस्पताल वा क्लिनिकको अनुमतिते गरिने हस्तमैथुनलाई भने बन्देज गर्न भनिएको छैन ।

जेसिका फर्रार

Advertisement

Advertisement