अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम् प्रविधि प्रदर्शनी सुरु

Advertisement

काठमाडौंः घरेलु तथा साना उद्योग महासङ्घको आयोजनामा १३औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम् प्रविधि प्रदर्शनी–२०७४ को आज भकुटीमण्डपमा सुरु भएको छ । अर्थमन्त्री कृष्णबहादुर महराले बिहीबार यसको उदघाटन गरे । 

पाँच दिनसम्म चल्ने मेलामा घरेलु उत्पादनका २१५ कक्ष रहेका छन् । जसमध्ये भारत पाकिस्तान, बङ्गलादेश र चीनका ३० कक्ष रहेका छन् । कार्यक्रममा महराले साना उद्योगको उत्पादन बनाउनका लागि प्रोत्साहन गर्न सरकार तयार रहेको बताए ।  

Advertisement

त्यसका लागि साना उद्योगलाई यसपटकको बजेटमा प्रथामिकता राखेको उनले बताए । महराले आन्तरिक उत्पादन बढाएमात्र व्यापार सन्तुलन गर्न सकिने भन्दै स–साना उद्योगबाट आन्तरिक उत्पादन बढाउनु आवश्यक रहेको बताए । उनले उद्योगलाई आधुनिकीकरण गरेर निर्यातमुखी बनाउनुपर्ने बताए ।  

विज्ञान तथा प्रविधिमन्त्री प्रेमबहादुर सिंहले स्थानीय तहको निर्वाचन भए देशको विकास सम्भव भएको बताए । उनले विकास र अनुसन्धानमा बजेट खर्च गर्नुपर्ने उल्लेख गर्दै प्रविधिको उच्चतम प्रयोग गरे दिगो विकास हासिल गर्न सकिने बताए ।  

Advertisement

Advertisement