सिटी एक्स्प्रेसको “लखपतिएक्स्प्रेस” योजनाका पहिलो विजेता घोषित

Advertisement

सिटी एक्स्प्रेसले “लखपतिएक्स्प्रेस” योजना अन्तर्गतको पहिलो महिनाको विजेता घोषणा गरेको छ।  अन्तर्गत कोरीयाको जीमनी ट्रान्स (सिटी एक्स्प्रेसको सहायक संस्था) बाट पैसा पठाई पहिलो महिनाको मासिक 'लक्की ड्र' बाट  बासु थापा क्षेत्री विजेता घोषित भएका छन्  ।

सिटी एक्स्प्रेसको“लखपतिएक्स्प्रेस” उपहार योजना अन्तर्गत लक्कीड्र मार्फत उपभोक्ताहरुले दैनिक रु २०० को मोबाइल टप अप १२ जनाले जित्न सक्नेछन।  त्यसैगरी साप्ताहिक रुपमा तीन जना विजेताहरुले रु १०,००० र हरेक महिना 'लक्की ड्र' मा विजयी हुने एक जनाले रु १००,००० जित्न सक्ने्छन्।

यो अफर असोज १ गते देखि मंसिर २९ गते सम्मलागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राहीयो उपहार योजनामा सहभागी हुन पाउनेछन । यस उपहार योजना अबधीमा हाल सम्म दैनिक उपहार योजना अन्तर्गत ४३ जनाले रु २०० को मोबाइल टप अप, साप्ताहिक रुपमा १५ जना विजेताले रु १०,००० जितिसकेका छन्।

 

Advertisement

Advertisement

Advertisement