चिनियाँद्धारा बैंक ह्याकिङ प्रकरणः निक्षेपकर्ताको पैसा सुरक्षित

Advertisement

काठमाडौं । बैंकको सिस्टम ह्याक गरी विभिन्न बैंकहरुबाट एक करोड २६ लाख नेपाली रुपियाँ र नौ हजारभन्दा बढि अमेरिकी डलर चोरी भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरी चिनियाँ ह्याकरले कोड नै प्रयोग नगरी ठूलो परिणाममा पैसा चोरी गरेको जनाएको हो ।

कुन कुन बैंकबाट यति ठूलो परिणाममा रकम निकालिएको हो भन्ने अझै यकिन नभईसकेको जनाइएको छ । यसबाट ह्याकरहरुको निशानामा नेपाली बैंकहरु रहेको र प्रविधिमा निकै ध्यान दिनुपर्ने देखिएको प्रहरीले जनाएको छ ।

बैंकर्स एशोसियशनले एटीएम ह्याक गरेर चिनियाँले रकम झिके पनि बैंकहरुमा सर्वसाधारणको निक्षेप सुरक्षित रहेको जनाएको छ । चोरी गर्दागर्दै शनिबार पाँच जना चिनियाँ पक्राउ परेका थिए । उनीहरुबाट चोरी भएकोमध्ये आधा रकम नगदै जफत गरिएको छ । उनीहरुले कुनै कोड प्रयोग नगरी उतैबाट ल्याएको उपकरण प्रयोग गरेर भिसा नेटवर्कमार्फत पैसा चोरी गरेको भन्दै भरत सुवेदीले कुनै व्यक्तिको खाताबाट नभइ सिस्टमबाटै रकम चोरी भएको बताए ।

प्रहरीको पत्रकार सम्मेलनमा बैंकर्स एशोसियनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले केही रकम चोरी भए पनि बैंकहरु त्यो नोक्शान ब्यहोर्न सक्षम रहेको भन्दै यसबाट सर्वसाधारण निक्षेपकर्ताको नोक्सान नहुने बताए । चोरी गर्दागर्दै चोरहरु पक्राउ परेकाले उनले ठूलो नोक्सानी नभएको उनले बताए ।

ढुँगाना भन्छन्, ‘लामो विदा भएको मौका छोपेर चोरहरुले मौका छोप्न खोजेको देखियो ।’ उनले अन्तर बैंक एटीएम नचले पनि सम्वन्धित बैंकबाट रकम निकाल्न समस्या नरहेको बताए । ढुँगानाले थपे, ‘सिस्टममा मालवेयर अट्याक भएको देखिएको छ । तर सफ्टवेयरको कुन पार्ट कम्प्रमाइज गरियो ? भन्ने छानविन भइरहेको छ । भिसा सिस्टमबाटै स्वीकृति लिएर पैसा निकालेको देखिएको छ ।’

पक्राउ परेका चिनियाँहरुको नाम गोप्य राखिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले मध्यरातमा दरबारमार्गस्थित नवील बैंकको एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्दै गर्दा पक्राउ गरेको थियो ।

Advertisement

Advertisement

Advertisement