दुई अर्ब नोक्सान भएपछि चिनियाँ जहाजहरु नचलाउने निगमको निर्णय, खरीद मूल्य छुट्टै

Advertisement

काठमाडौं । अनुदानको लोभले जस्तो पायो उस्तै वस्तु खरिद गर्दा परिणाम खराब निस्कन्छ भन्ने पछिल्लो उदाहरण नेपाल वायुसेवा निगमका चिनियाँ जहाज बनेका छन्। चीन सरकारले ४ वटा जहाज खरिद गरेमा दुइटा अनुदानमा दिने भनेपछि खरिद गरिएका जहाज निगमले अन्ततः २ अर्ब रुपियाँ घाटा बेहोरेर बिक्री गर्ने निर्णय गरेको छ। निगमले ती जहाजको उडान स्थगन गरी बिक्री प्रक्रियामा जाने निर्णय लिएको छ।

निगमले सन् २०१४ र १५ मा एभिएसन इन्डस्ट्रिज कर्पोरेसन चाइनासँग ४ वटा विमान पौने चार अर्ब रुपियाँमा खरिद गरेको थियो। निगमले लगानी गरेको पौने चार अर्ब पनि सहुलियतपूर्ण कर्जाअन्तर्गत थियो।

निगम बोर्डका एक सदस्यका अनुसार चिनियाँ जहाज ल्याएपछि राम्रोसँग उडाउनै सकिएन। कहिले पाइलट अभाव, कहिले मर्मत–संभार त कहिले पार्टपुर्जा अभाव जस्ता कारणले ती जहाज कुनै पनि बेला पूर्ण रुपमा उडाउन सकिएन। ६ वटै जहाजर एकैपटक उडाउन सकिएन। जसले गर्दा नाफा कमाउनुको साटो निगमले सधैं घाटा बेहोर्नुपर्यो। ती जहाजबाट निगमले २ अर्ब रुपियाँ घाटा खाएको छ। नाफा कमाउन किनिएका चिनियाँ जहाज बोझ बन्दै गएपछि अन्ततः साउन १५ देखि उडान स्थगन गर्ने निर्णय निगमले गरेको छ।

निगम प्रवक्ता अर्चना खड्काले गत असार १६ मा सञ्चालक समिति बैठकले साउन १५ देखि चिनियाँ जहाजको उडान बन्द गर्ने निर्णय गरेको हो। ‘ती चिनियाँ जहाजबाट अहिलेसम्म २ अर्ब रुपियाँ हाराहारीमा घाटा बेहोर्नुपरेको छ,’ प्रवक्ता खड्काले आइतबार भनिन्, ‘त्यसैले अब ती जहाजको उडान बन्द गर्ने निर्णय गरिएको हो।’

Advertisement

Advertisement

Advertisement