नागरिक लगानी कोषको २३.१६ प्रतिशत लाभांश पास

Advertisement

काठमाडौं । नागरिक लगानी कोषको २३.१६ प्रतिशत बोनस सेयर पारित भएको छ । कोषको २४ औं साधारण सभाले सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय अनुमोदन गरेको हो । कोषले आर्थिक वर्ष २०७४।७५ मा ३५ करोड नाफा आर्जन गरेको थियो । ९० करोड ३१ लाख चुक्ता पुँजी भएको कोषले सञ्चयकर्ताहरुबाट ४७ अर्ब रुपैंयाँ संकलन गरेको छ ।

कोषले सञ्चयकर्ताहरुका लागि बिभिन्न ११ प्रकारका योजना सञ्चालन गरिरहेको छ । कोषले नेपाल बायुसेवा निगम, अपर तामाकोशी लगायतमा सेयर लगानी गरेको छ । कोषको ठुलो हिस्सा भने बैंक तथा वित्तिय संस्थाहरुमा निक्षेपका रुपमा रहेको छ । कोषलाई बैंकमा निक्षेप राखेर ब्याज खाने संस्थाको आरोप लागिरहेको छ । कोषले पछिल्लो केहि समयदेखि सेयर बजारमा मार्केट मेकरका रुपमा लगानी पनि गरिरहेको छ ।

कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषलाई आगामी दिनमा नयाँ ढंगले अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । उनले लगानीका नयाँ र लाभदायक क्षेत्रको खोजी भैरहेको पनि बताएका थिए । सञ्चय कर्ताहरुको अधिकतमहित र सेयरधनीहरुलाई उचित प्रतिफल दिन कोषले आफ्नो सम्पूर्ण शक्ति खर्चने उनको प्रतिवद्धता थियो ।

Advertisement

Advertisement