ग्रील तथा स्टील ब्यवसायीले अर्थसचिवसँग मागे राहत प्याकेज

Advertisement

काठमाडौँ । कोरोना भाइरसका कारण ग्रील तथा स्टील ब्यवसायीहरु धरासायी भएको भन्दै अब स्वास्थ्य सुरक्षा अपनाएर व्यवसाय सञ्चालन गर्न दिन ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालले माग गरेको छ । आज अर्थसचिव शिसिर ढुङ्गानालाई ज्ञापनपत्र बुझाउँदै महासंघले यस्तो माग गरेको हो ।

‘कोरोना भाइरसको संक्रमण फैलन नदिने सरकारले चैत ११ गतेदेखि लकडाउन आदेश जारी गर्दा उद्योग व्यवसाय ठप्प रहेका छन् । विश्वकै अर्थतन्त्रमा ठुलो असर परिरहेको अवस्थामा नेपाल पनि त्यसबाट अछुतो रहन सकेन । उद्योग ब्यवसाय बन्द हुँदा त्यसमा संलग्न श्रमिकहरुको रोजगारी गुमेर ठूलो संकटमा परेका छन् भने दैनिक रुपमा ज्यालादारी कमाई खाने बर्ग सबै भन्दा बढी प्रभाबित भई भोक भोकै बस्नु पर्ने अवस्था श्रृजना भएको छ । साना उद्योगीहरुसंकटमा पर्न थालिरहेको अवस्थामा श्रमिकहरुलाई आधा महिनाको तलब समेत दिन नसक्ने अवस्थामा छन् । कोभिड १९ को बारेमा जनताले राम्रोसंग बुझिसकेका छन् भने लकडाउन अरुका लागी नभई आफनैं सुरक्षाको लागी हो भन्ने ज्ञान भएको हुँदा सरकारले सम्पूर्ण संयन्त्रको प्रयोग गरि कोरोना संक्रमणको परिक्षणलाई तिब्रता दिएर लकडाउन खुकुलो पार्दै जाने तर्फ अग्रसर हुनु पर्छ’–महासंघले अर्थसचिव ढुंगानालाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

संक्रमण नदेएिको कमजोखिम भएको स्थानमा क्रमशः ग्रील लगायत लघु घरेलु तथा साना उधोगहरु सञ्चालन गरि लकडाउनका कारण कार्यस्थल क्षेत्रमै रहेका तर लकडाउनको समयावधी थपिंदै जाँदा श्रमिकहरु आफनो घर जान खोजिरहेको हुँदा उनीहरुलाई रोकेर ं सुरक्षाका बिधीहरु (सामाजिक दुरी, सेनिटाईनर, सर्जिकल मास्कको प्रयोग गरि) अपनाएर ग्रील उद्योग र लघु घरेलु तथा साना उद्योग सञ्चालन गर्न दिने ब्यवस्था मिलाउन पहल गरिदिन अर्थसचिव मार्फत माग गरिएको हो । श्रीमान सचिवज्युमा हार्दिक आग्रह गर्दछौं ।

ग्रील उद्योगी र अन्य लघु घरेलु तथा साना उधोगीहरु धेरै रोजगारी दिने अधिकांश स्वरोजगार र परिवारबाट सञ्चालन भएको स्थानिय स्तरमै पाईने कच्चा पदार्थहरु प्रयोग गरि उद्योग सञ्चालन हुन सक्ने हुंदा त्यस्ता उद्योगहरु क्रमशः सञ्चालन गर्दै जानु पर्ने महासंघले सुझाएको छ ।

साथै लकडाउनका कारण उद्योगहरु बन्द हुँदा आर्थिक कारोबार बन्द भएका कारण कर्मचारीको तलब भुक्तानी गर्न, घरभाडा तथा कार्यस्थलको जग्गाको भाडा तिर्न, बिधुतको न्युनतम महशुल तिर्न, बैक तथा बित्तीय संस्थामा बुभाmाउनु पर्नेे किस्ता र ब्याज, सरकारी कर राजस्व भ्याट लगायतका अन्य शुल्कहरु बुझाउने पूँजीको अभाव भएको र साना उद्यमीहरुले यथेष्ट मात्रामा कच्चा पदार्थ सञ्चित गरी राख्न नसक्ने हुनाले लकडाउन पछि उद्योग ब्यवसाय सुचारु रुपले सञ्चालन गर्नका निम्ती सहुलियत दर ब्याजमा पुर्नकर्जा उपलब्ध गराउने ब्यवस्था गर्न अनुरोध गरेको छ ।

उधोगमा भएको मेसिनहरुलाई समेत धितो राखी कम्तीमा १ करोडसम्म सहुलियत कर्जा उपलब्ध गराउन आग्रह महासंघले उक्त ज्ञापन पत्र मार्फत माग गरेको हो । लकडाउन अवधिमा बंैक तथा बित्तीय संस्थालाई बुझाउनु पर्ने सावा ब्याज बापतको रकम लकडाउन खुलेको कम्तीमा ६ महिना भित्र थप जरिवाना नलिई बुझाउने ब्यवस्था मिलाउन आवश्यक पहल गर्न अर्थसचिव समय माग गरिएको हो ।

पूर्वाधारको पनि पूर्वाधार बिकासमा नभै नुहने १ लाख ६० हजारलाई रोजगारी दिंदै आईरहेको देशभरि सञ्चालित ११ हजार ग्रील तथा स्टील उधोग ब्यवसायलाई आवश्यक पर्ने कच्चा पदार्थ ल्याउन र तयारी बस्तु उपभोक्ता सम्म पुर्याउन, कर्मचारीहरुलाई सुरक्षित किसिमले काममा आउने जाने ब्यवस्था समेत मिलाई दिनु महासंघका अध्यक्ष मोहन कटुवालले माग गरे ।

Advertisement

Advertisement

Advertisement