अधिकांश बाणिज्य बैंकहरुको खराब कर्जा बढ्यो

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ दर्जनभन्दा बढी वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा (एनपीएल) बढेको छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ ओटा बैंकको गत आवको पुसको तुलनामा चालू आवको दोस्रो त्रैमासमा निष्क्रिय कर्जा (नन परफर्मिङ लोन) बढेको हो । 

बाँकी १२ ओटा वाणिज्य बैंकको यस्तो कर्जा नियन्त्रणमा आएको छ भने सेन्चुरी कमर्शियल बैंकको एनपीएल गतवर्षको जति नै छ । चालू आवको पहिलो त्रैमासमा भने १८ बैंकको एनपीएल बढेको थियो ।

Advertisement

चालू आवको दोस्रो त्रैमासमा सबैभन्दा बढी निष्क्रिय कर्जा (एनपीएल) सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको छ । यो बैंकको एनपीएल उच्च देखिए पनि दोस्रो त्रैमासमा झीनो सुधार भएको छ । सो बैंकको गत आवको दोस्रो त्रैमासमा ४ दशमलव ७७ प्रतिशतमा रहेको एनपीएलमा शून्य दशमलव ५४ प्रतिशत विन्दुले सुधार भए पनि गत पुसमा ४ दशमलव २३ प्रतिशत पुगेको छ ।

एनपीएल थोरै नियन्त्रण आए पनि कोभिडका कारण ब्याज तथा किस्ता भुक्तानीमा प्रभाव परेको राष्ट्रिय वाणिज्य बैंकले बताएको छ । बैंकका अनुसार यसअघिको त्रैमासिक प्रतिवेदनमा कोभिडबाट अतिप्रभावित क्षेत्रहरूबाट ब्याज तथा किस्ता भुक्तानी भएको थिएन । कोभिड प्रभावितलाई भुक्तानीका लागि दबाब दिन पनि नमिल्ने बैंकको भनाइ छ ।

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement