छोराछोरी झर्किने गर्छन् ? पक्कै मोवाइलको समस्या हो

Advertisement

काठमाडौँ । आफ्नो छोराछोरी मोबाइल अति नै चलाउने र धेरैबेर नचलाउन भन्दा झर्किने गर्छन् भने बुझ्नु होस् उनीहरूमा मोबाइलले समस्या ल्याएको छ । 

बालबालिकालाई ‘भुल्याउन’ मोबाइल चलाउन दिँदा उनीहरू विस्तारै गेम (खेल) र पोर्नो (अस्लील) साइटप्रति आकर्षित हुने गरेको सम्बन्धित विज्ञहरू बताउँछन् ।

Advertisement

कोरोना महामारीका बेला मोबाइलको प्रयोग झन् बढ्यो । समय बिताउन होस् वा विद्यालयले सञ्चालन गरेको अनलाइन कक्षा पढ्न पनि मोबाइल प्रयोग गर्नुपर्ने अवस्था आयो । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका महासचिव गुणराज मोक्तान बालबालिकालाई पठनपाठनसँगै व्यस्त बनाउन सहजीकरण गरे पनि एक किसिमको लत नै विकास भएको बताउँछन् ।

मोबाइल ‘प्रयोग गर्न जाने फलिफाप, दुरुपयोग गरे अभिशाप’ हुने भएकाले अभिभावकको निगरानी आवश्यक भएको उनको भनाइ छ । मोबाइलको लतले बालबालिकामा मानसिक समस्या पनि देखिने सम्भावना हुन्छ । मनोरन्जन र ज्ञानगुनका कुरामा भन्दा अनलाइन खेलप्रति बालबालिकाको आकर्षण बढ्दै गएको छ । 

गोरखापत्र दैनिकबाट ।

Advertisement

Advertisement