बैंकहरुमा रहेका ५४ हजारभन्दा बढि खाता निष्क्रिय

Advertisement

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप खातामध्ये करीब आधा करोड निक्षेप खाता निष्क्रिय (डोरमेन्ट) रहेका छन् । बैंकहरूले ३ वर्षसम्म कारोबार नभएका बचत खाता निष्क्रिय खातामा राख्ने गरेका छन् भने ६ महीना कारोबार नभएका चल्ती खाता र कल (तुरुन्तै भुक्तानी पाइने) खातालाई निष्क्रियमा राख्ने गरेका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकमा निक्षेप खाता खोल्ने अर्थात रजिस्ट्रेशन गर्ने तर नियमित सञ्चालन नगर्ने निष्क्रिय (डोरमेन्ट) खाताको संख्या चालू आर्थिक वर्षको मङ्सिरसम्ममा कुल खाता संख्याको १८ दशमलव ६१ प्र्रतिशत रहेको छ । सो अवधिमा बैंकहरूमा निक्षेप खाताका लागि कुल दर्ता संख्या २ करोड ९४ ३५ हजारमध्ये ५४ लाख ७८ हजार खाता निष्क्रिय छन् भने २ करोड ३९ लाख ५६ हजार खाता सक्रिय रूपमा सञ्चालनमा रहेका छन् । 

Advertisement

गत आवको सो अवधिसम्म बैंकमा खोलिएका खातामध्ये २२ दशमलव ९५ प्रतिशत खाता निष्क्रिय थिए । गत आवमा कुल खाता संख्या २ करोड ५१ लाख ८१ हजार रहेकोमा ५७ लाख ७९ हजार खाता निष्क्रिय थिए भने १ करोड ९४ लाख २ हजारओटा खाता मात्र सञ्चालनमा थिए ।

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement