अब काठमाडौंमा पाँच रुपियाँमा एक लिटर पिउने पानी

Advertisement

काठमाडौं । अब काठमाडौं महानगरभित्रका तीन ठाउँमा पाँच रुपियाँमै एक लिटर पानी पिउन पाइने भएको छ । महानगरपालिकाले बिहीबारबाट तीन ठाउँमा वाटर एटीएम सञ्चालनमा ल्याएसँगै यो सेवा उपलब्ध भएको हो । वाटर एटीएम शंखघर पार्क (रत्नपार्क) टिकट काउन्टरसँगै, स्वयम्भू भगवान पाउ र बालाजु उद्यान प्रवेशद्वारसँगै स्टेसन राखिएका छन् । यी ठाउँलाई महानगरले ‘जरुंहिति’ नाम दिएको छ । 

बटुवाको प्यास मेटाउन काठमाडौंमा जरुंहिति थिए । घरमा पानी लिएर आउने गृहिणीले यी हितिमा एक एक अङ्खोरा पानी राखिदिने गर्थे । त्यो पानी पिएर बटुवाले प्यास मेटाउँथे । यस्ता स्थान विस्तारै हराउन थालेपछि महानगरले गत ९ चैतमा स्वच्छ पिउने पानी उपलब्ध गराउन स्मार्ट वाटर भेन्डिङ मेसिन (वाटर एटिएम) राख्न काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँग सम्झौता गरेको थियो । 

Advertisement

खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापाले आधुनिक प्रविधिसँग सेवाग्राहीलाई जोड्न काठमाडौंं महानगपालिकासँगको सहकार्यबाट परिणाम प्राप्त भएको बताए ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement