कमोडिटी एक्सचेन्जमा बिलम्ब गर्दै धितोपत्र बोर्ड, फेरि नयाँ दरखास्त आव्हान

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कमोडिटी एक्सचेन्ज (वस्तु विनिमय बजार)को कम्पनी दर्ता गर्न फेरि दरखास्त खुलाउने भएको छ । यसअघि दर्ता भएका कम्पनीहरूको आवेदन फेरि खारेज गर्दै नयाँ आवेदन खुलाउने तयारीमा रहेको सेबोनले बताएको छ ।

आवेदन परेको १ महीनाभित्र छनोट गरी बोर्डले पूर्वस्वीकृत दिनुपर्ने नीतिगत व्यवस्था भए पनि वस्तु विनिमय बजार विनियमावली विपरीत निर्णयमा ढिलाइ भएकाले त्यसलाई खारेज गरी नयाँ आवेदन खुलाउनुपर्ने सेबोनको भनाइ छ ।

Advertisement

सेबोनले औपचारिक रूपमा निवेदन खारेज गर्ने घोषणा गरे यो दोस्रो खारेजी हुनेछ । यसअघिका अध्यक्ष डा. रेवतबहादुर कार्कीको पालोमा पहिलोपटक खुलाएको आवेदनमा दर्ता हुन आएका कम्पनीलाई खारेज गरेर फेरि सीमा तोक्दै दरखास्तका लागि आव्हान गरिएको थियो । तर, दुईपटकसम्म आवेदन खुलाए पनि छनोट गर्ने र स्वीकृत दिने निर्णय हुन सकेन ।

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement