ललितानिवास प्रकरणका दोषीहरुलाई ठगी मुद्दा चलाउन महान्यायाधिवक्ता कार्यालयले रोक्यो

Advertisement

काठमाडौं । बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा मुछिएका आरोपितहरूबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान सिध्याए पनि ठगी मुद्दा भने नचल्ने भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको भन्दै महान्यायाधिवक्ता कार्यालयले ठगी मुद्दा चलाउन रोक लगाएको हो। 

आरोपितविरुद्ध सरकारी छाप दस्तखत किर्ते मुद्दा भने चल्ने भएको छ। सरकारी जग्गा व्यक्तिका नाममा नामसरी गरी राज्यलाई हानिनोक्सानी गरेको ठहर गर्दै सिआइबीले ठगी तथा सरकारी छाप किर्ते दस्तखतमा मुद्दा चलाउन सिफारिस गरेको थियो। सो सिफारिसपछि महान्यायाधिवक्ता अग्नि खरेल र प्रहरी महानिरीक्षक शैलश थापाबीच धेरै पटक छलफल भई ठगी मुद्दा नचलाउने निर्णय भएको हो।

Advertisement

‘महान्यायाधिवक्ता खरेल र प्रहरी महानिरीक्षक थापाबीचको छलफलपछि सरकारी वकिल कार्यालय र प्रहरीले आरोपितलाई ठगी मुद्दा नलगाउने र सरकारी छाप किर्ते मुद्दा भने लगाउने निर्णय भएको छ,’ प्रहरी स्रोतले भन्यो। आरोपितहरूलाई अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरिसकेकाले ठगी मुद्दा नचलाउने निष्कर्ष सरकारी वकिल र प्रहरीले निकालेको हो। 

नागरिक दैनिकबाट ।

Advertisement

Advertisement