धनुषामा आफ्नै बाबु र श्रीमतीलाई हत्या गरी आँपको रुखमुनी पुर्ने पक्राउ

Advertisement

धनुषा । आफ्नै वृद्ध बाबु र श्रीमतीलाई हत्या गरेको आरोपमा मिथिलाविहारी नगरपालिका ५ ललिया गाउँका एक युवक पक्राउ परेका छन् । बाबु र श्रीमतीलाई हत्या गरी घरदेखि करिव सय मिटर पर आँपको रुखमुनी खाल्टो खनी गाडेको आरोपमा ४० वर्षीय भागेन्द्रकुमार मण्डल पक्राउ परेका हुन् । 

उनले ५५ वर्षीय बुबा रामवृक्ष मण्डल र ३५ वर्षीया श्रीमती अमरिकादेवी मण्डलको हत्या गरी खाल्टो खनेर गाडेको धनुषा प्रहरीले जानकारी दिएको छ ।  आफ्नो बुबा र श्रीमती बेपत्ता भएको भन्दै मंगलबार बिहान छरछिमेकलाई खबर गरेपछि गाउँले खोजीकार्यमा लागेका थिए । 

Advertisement

त्यससै क्रममा आँपको रुखमुनी आलो माटो देखेपछि शंका लागेर स्थानीयले प्रहरीलाई खरेका थिए । प्रहरीले माटो निकाल्दा दुई जनाको शब फेला परेको हो । बिगत १० बर्षदेखि वैदेशिक रोजगारीमा रहेर केही महिनाअघि मात्रै फर्किएका भगेन्द्र किन बाबु र श्रीमतीको हत्या गरे ? भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । गाउँमा बाबु र आफ्नी श्रीमतीको अनैतिक सम्वन्ध रहेको हल्ला चलाइएकाले सोही आशंक र रिसमा उनले हत्या गरेको हुनसक्ने अडकल पनि गरिएको छ । 

Advertisement

Advertisement