श्रीमतीको प्रेरणापछि नायक राजेश हमाल अब गायक पनि, ’गाउँले ठिटो’ आयो

Advertisement

काठमाडौं । नेपाली चलचित्रका नायक राजेश हमालको एकल स्वरमा रहेको गीत ’गाउँले ठिटो’ रिलिज भएको छ । 

शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच हमालको एकल स्वरमा रहेको गीत ’गाउँले ठिटो’को गीत र भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोमा नायक हमालको अभिनय पनि रहेको छ । गोविन्द भट्टको शब्द रचना तथा सन्तोष श्रेष्ठको संगीत रहेको यस गीतमा अभिनेता हमाल गाउँले भेषभुषामा देखिएका छन् । 

Advertisement

रोजगारीको लागि विदेशिएका युवा आफ्नै गाउँ फर्केर कृषि कर्म गरी सफल बनेर उदाहरणीय व्यक्ति बनेको कथा उक्त भिडियोमा रहेको छ । भिडियोमा हमालको साथमा उत्तम केसी, गोबिन्द भट्ट, एसके दाहाललगायतको अभिनय रहेको छ । 

कार्यक्रममा बोल्दै महानायक हमालले आफु गायक नभई नायक नै भएको भएको र गायन केवल प्रयास मात्रै रहेको बताए । हमालले आफुले अभिनय गरिरहेका अन्य म्युजिक भिडियो जस्तो यो गीत नभएको बताउँदै तीन महिनाको मेहनतपछि यो गीत तयार भएको बताए ।

कार्यक्रममा हाल चर्चित ‘मेयर बन्नुपर्छ कि क्या हो’ भन्ने प्रसंगमा हमालले आफुले व्यंगात्मक रुपमा उक्त कुरा भनेको बताए ।

हमालले भने, ‘कुनै नराम्रो शहरमा पनि केही न केही सुन्दर पक्ष हुन्छ । तर, काठमाडौंमा केही पनि छैन् । परिवारसँग समय बिताउने स्तरीय स्थान समेत छैन् । यसतर्फ कसैको ध्यान छैन् । केही न केही त हुनुपर्छ शहरमा भनेर मैले व्यंग्य गरेको हुँ ।’

हमालकी पत्नी मधु भट्टराईको पनि उपस्थिती थियो । भट्टराईले हमालको गायन क्षमता यति धेरै राम्रो छ भनेर आफूलाई पहिले थाहा नभएको बताइन् । गीत हेर्दा रमाईलो लागेको बताउँदै उनले यो गीत गाउन आफूले प्रेरित गरेको सुनाइन् । 

Advertisement

Advertisement