अग्नी ग्रुपको २ एस सर्भिस सेन्टर अब पोखरामा पनि

Advertisement

काठमाडौँ । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुपले नयाँ २ एस सर्भिस सेन्टर ‘पोखरा अटो वर्कश’ पोखरामा संचालनमा ल्याएको छ । पोखरा अटो वर्कश अग्नी ग्रुपको ३ एस डिलर बतास ब्रदर्शको सहायक कम्पनी पनि हो ।

पोखरा अटो वर्कशको उद्घाटन आज अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, अग्नी ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा, बतास संस्थाका अध्यक्ष आनन्दराज बतास, युगल सिंह – बालाजु अटो वर्कसका स्पेयर पार्ट्स हेड र सन्तोष सुबेदी – गण्डकी प्रदेश प्रबन्धकद्वारा खसामूहिक रुपमा गरिएको हो । 

Advertisement

अग्नी ग्रुपले हाल नेपाल अधिराज्यभरि रहेका आफ्ना नेटवर्कहरुबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा दिईरहेको छ । त्यस्तै, उत्कृष्ट तथा सहज सेवाको पहुँच बढाउने उद्देश्यका साथ थप नेटवर्क विस्तार कार्यका लागि यसरी नै आफ्ना डिलर र सबडिलरहरुको धेरैभन्दा धेरै उद्घाटन सम्पन्न गर्ने लक्ष्य पनि लिएको छ ।
 

Advertisement