‘प्रिमियम प्रोडक्ट’ भए पनि माइडिया मध्यमस्तरका परिवारले खरीद गर्न सक्छन्, दिगो पनि छः सिंह

Advertisement

काठमाडौं । नेपालमा माइडियाका घरयसी सामग्रीहरु बिक्री गर्दै आएको चौधरी समूहको सिजी इलेक्ट्रोनिक्सले माइडियाले राम्रो बजार लिंदै गएको बताएको छ । 

आठ महिनाअघि भित्रिएको माइडियाको औपचारिकरुपमा बिक्री सुरु भएको भने करिव तीन महिना भएको छ । सुरुमा यस ब्राण्डका साना घरायसी सामानबाट बिक्री सुरु भएको सिजी इलेक्ट्रोनिक्सले अहिले घरायसी सामान हुँदै अब भान्साका सामानहरु पनि ल्याउने तयारी गरेको छ । 

Advertisement

माइडिया चीनको बलियो र चर्चित कम्पनी हो जसको विश्वभर कारोबार ४२.९ बिलियन डलरको हाराहारीमा छ । यो विश्वका सय  उत्कृष्ट कम्पनीहरुमा पर्दछ । साथै, माइडियाको विश्वका ३५ मुलुकमा उत्पादन प्लान्टहरुसमेत रहेका छन् । यस सामानप्रति नेपाली उपभोक्ताको विश्वास र आकर्षण बढ्दै गएको सिजी इलेक्ट्रोनिक्सले बताएको छ । 

सिजी इलेक्ट्रोनिक्समा माइडियाको बिक्री हुर्ने उपप्रवन्धक सुविरकुमार सिंहले भने, ‘मध्यमस्तरको परिवारले पनि खरीद गर्न सक्ने तर प्रिमियम प्रोडक्ट हो माइडिया । सर्भिसको इशु पनि छैन् यसमा । चाइनिज कम्पनी राम्रो हुन्न, दिगो हुन्न भन्ने जुन सोचाई छ, तर माइडियाले त्यो कुरा चिरेको छ । किनभने यो अन्तर्राष्ट्रिय कम्पनी हो ।’ 

नेपालमा आउने माइडियाका प्रोडक्ट चीनबाट मात्रै नभएर अन्य मुलुकबाट पनि आउने गरेको उनले बताए । सिंहले अहिले नेपाली बजारमा यसका प्रोडक्टहरुले राम्रो प्रशंसा पाइरहेको बताउँदै बजार पनि बढ्दोक्रममा रहेको बताए । उपभोक्ताले मन पराएको कारणले गर्दा पनि नयाँ रेन्जहरु थप्दै जाने योजना बनाएको सिंहको भनाई छ । 

उनले थपे, ‘सिजी इलेक्ट्रोनिक्सको नेटवर्क निकै राम्रो छ । उपभोक्ताको विश्वास पनि छ सिजीमा । कुनै गुनासो आयो भने २४ घण्टाभित्र उपस्थित भएर समस्या समाधान गछौं । र, अहिलेसम्मको हेर्ने हो भने अरु ब्राण्डको तुलनामा एकदमै कम मात्रै गुनासो आइरहेको छ माइडियामा ।’

सिजी इलेक्ट्रोनिक्सले दशैंतिहारका लागि माइडियाका प्रोडक्टहरुमा अफरहरु पनि ल्याएको छ । सिंहले भने, ‘जस्तो वासिङ मेशिनको खरीदमा राइस कुकर निःशुल्क छ । यस्तै वासिङ मेशिनमा छ किलोको एरियल स्रफ पनि दिएका छौं । साइड वाई साइड रेफ्रिजिरेटरमा इन्डक्शन स्टोभ दिइरहेका छौं । माइडियाका प्रोडक्ट खरीदमा क्यास ब्याक पनि छ । 

माइडियाले मनोरञ्जनका सामानबाहेक घरमा चाहिने सबै किसिमका सामानहरु उत्पादन गर्ने उनले बताए । सिंहले कोरोना महामारी र चीनसँगको नेपालको नाका सञ्चालनमा समस्या हुँदा माइडियाका सामानहरु भित्राउन केठिनाई भएको स्वीकार गर्दै त्यसका कारण बजार विस्तारमा असर परेको बताए । तर पछिल्लो दिनमा चीनतर्फको नाका पनि सुचारु भएको र चाडपर्व पनि आउन लागेकाले बिक्री बढ्नेमा आफूहरु विश्वस्त रहेको उनलको विश्वास छ । 

Advertisement

Advertisement