तामाङ समुदायले टुंडिखेलमा भव्यरुपमा मनाए सोनाम ल्होछार, खानाका ७० वटा स्टल

Advertisement

काठमाडौं । तामाङ समुदायले आइतबार आफ्नो नयाँ वर्ष तथा ठूलो पर्व सोनाम ल्होछार राजधानीको टुंडिखेलमा विशेष कार्यक्रम गरेर मनायो । हर्षोल्लासका साथ विविध कार्यक्रम गरी मनाइएको यस बर्षमा सहभागी भएका प्रधानमन्त्री पुष्पकमल दाहालले चाँडै नै तामाङको छोरा र छोरी मन्त्री बनाउने बचन पनि दिएका थिए । 

नेपालमा तामाङ, शेर्पा, भोटे जातीले यस पर्वलाई सोनाम ल्होसारका रुपमा मनाउने गरेको छ । सिक्किम, दार्जलिङमा बसोबास गर्दै आएका तामाङ जातीले अझ ठूलो उत्सवको रुपमा यो पर्व मनाउँछन् । 

Advertisement

सोनाम लोसारमा घेदुङ जातीले आफ्ना आफन्तसंग भेटघाट गरी नयाँ पहिरन लगाएर एकअर्कासँग शुभकामना आदनप्रदान गरी मनाउने नेपाल तामाङ ताम्बा, घेदुङ संस्थाका पूर्वअध्यक्ष बाबु घिसिङले बताए ।      

तामाङ समुदायले बाघ बर्षलाई बिदा गर्दै नयाँ बिरोलो बर्ष २८५९ मा प्रवेश गरेका छन् । ‘हाम्रो संस्कृति हाम्रो शान, पर्यटन प्रवर्द्धनका लागी ल्होछार अभियान’ नाराका साथ यो पर्व मनाइएको हो । 

किसानहरुले नयाँ बाली उठाएपछि १५ दिनसम्म मनाउने यो पर्वलाई पशुपंछी र जीवजन्तुको नाम राखिने घिसिङले बताए । विगत बर्षका लोसार पर्वभन्दा यस पटक विशेष रहेको र अहिले सरकारले सार्वजनिक विदा पनि दिएको उनले बताए । घिसिङले यो तामाङ समुदायको मात्र चार्ड नभई सिंगो मुलुकको राष्ट्रिय पर्वको रुपमा  मनाउनुपर्ने बताए । 

टुँडीखेलमा सोनाम लोसार मनाउन तथा अवलोकन गर्न ठूलो संख्यामा मानिसहरु जम्मा भएका थिए । यस अवसरमा टुंडिखेलमा ७० वटा खाना स्टलहरु राखिएका थिए । 

Advertisement

Advertisement