न्यायका लागि धर्ना दिन पुगेका उपप्रध्यापक चलाउने पक्राउ, संसदमा पनि मुद्दा फिर्ताको विरोध

Advertisement

काठमाडौं । आफूमाथि मरणासन्न हुनेगरी आक्रमण गर्ने नेपाल विद्युत संघसम्वद्ध गुण्डाहरुविरुद्धको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध धर्ना दिन जिल्ला अदालत, काठमाडौं पुगेका उपप्राध्यापक प्रेम चलाउने पक्राउ परेका छन् ।

प्रहरीले पीडित चलाउनेलाई नियन्त्रणमा लिएको हो । उनीहरुले मुद्दा फिर्ता नलिन र आफूलाई न्याय दिन माग गरेका थिए । सत्ताधारी दलसम्वद्ध ती आक्रमणकारीविरुद्धको मुद्दा फिर्ता लिन 

Advertisement

चलाउनेमाथि आक्रमण गरेको आरोपमा नेपाल विद्यार्थी संघका हरि आचार्य, योगेन्द्र रावल लगायतविरुद्ध जिल्ला अदालत, काठमाडौंमा ज्यानमुद्दा विचाराधीन छ । असार ५ गते पेशी तोकिएको बेला मन्त्रिपरिषद्ले मुद्दा फिर्ताको निर्णय गरेको पत्र आइतबार अदालत पुगेपछि त्यसको विरोध भइरहेको छ । सोमबारको संसदमा पनि साँसदहरुले प्रश्न उठाउँदै विश्वविद्यालयमा राजनीति गर्न हुन्न, ताला लगाउन भनेर विरोध गर्दा दलनिकट विद्यार्थी संगठनका नाममा उनलाई निर्मम ढंगले कुटपिट गर्ने, कानुनी कारवाही अघि बढाउन खोज्दा उल्टै संरक्षण गर्ने काम गर्नु गलत भएको बताएका थिए । 

Advertisement

Advertisement