कर विवादमा फँसेको बोटलर्स नेपालले अध्यक्ष फेर्यो, नयाँ अध्यक्षमा नार्मदेश्वरनारायण सिंह

Advertisement

काठमाडौं । कर विवादमा फँसेको बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपालले अध्यक्षसहित सञ्चालक समिति सदस्य फेरेको छ । कम्पनीले सञ्चालक समितिका अध्यक्ष र तीन जना सदस्य परिवर्तन गरेको हो ।

कम्पनीले नयाँ अध्यक्षको जिम्मा नार्मदेश्वरनारायण सिंहलाई दिइएको छ ।  यसअघि सिहं सञ्चालक समिति सदस्य थिए। कम्पनीको अध्यक्षमा रहेकी शुक्ला वासनले अर्बौंको कर विवादबाट जोगिएर कम्पनीलाई विवादमा जानबाट जोगाउन नसकेको भन्दै उनलाई हटाई सिंहलाई अध्यक्षको जिम्मा दिइएको हो ।

Advertisement

यसैगरी, सञ्चालक समिति सदस्यहरु मोहम्मद अमिन घोनेम, मेल्भिन टान चुन पीनलाई पनि हटाइएको छ । उनीहरुलाई हटाउनुका कारण पनि कम्पनीविरुद्ध कर छली मुद्दा दर्ता हुनु हो । मुद्दा दर्ता भएदेखि नै यी व्यक्तिहरु नेपालबाट भागेका थिए ।

हटाइएका सञ्चालकहरुको ठाउँमा लुकास जापलेटाल, सुनानिय विजयकुमार धनुका र मोहितकुमार बुढ्वार नियुक्त भएका छन् । यी सदस्यहरु सबै सिंगापुरका हुन् । 

 

 

Advertisement

Advertisement